काठमाडौं । फ्याक्ट्स रिसर्च एण्ड एनालाइटिक्सले आफ्नो स्थापनाको ५ वर्ष पुरा गरेको अबसरमा आयोजना गरेको ‘फ्याक्ट्स इन्फोग्राफिक्स प्रतियोगिता २०१८’ को बिजेता घोषणा गरेको छ ।
उक्त प्रतियोगिताको लागि जुन १५ तारिकसम्म प्रतियोगीले आफुले बनाएका इन्फोग्राफिक्स पठाएका थिए । यसरी सहभागी इन्फोग्राफिक्सहरु जुन १६ मा फ्याक्ट्सले आफ्नो सामाजिक संजालको पेजमा राखेको थियो ।
जहाँ सोधिएको थियो तपाईलाई सबैभन्दा इनोभेटिभ र इन्फमेटिभ लागेको इन्फोग्राफिक्स कुन हो । यही आधारमा सोसल मिडियामा सबैभन्दा धेरै लाइक पाएको इन्फोग्राफलाई ‘पोपुलर भोट अवार्ड’ दिइयो ।
प्रतियोगिताको बिजेता र उपबिजेताहरुको लागि बिभिन्न डाटा र इन्फोग्राफिक्स सम्बन्धी आधारभुत मापदण्ड तयार गरेर छनोट गरिएको थियो । त्यसमा नेपालका डाटाको प्रासंगिकता, आर्कषक र इनोभेटिभ डिजाइन, डाटा प्रेजेन्टेशन, डाटा भ्यालिडिटी, मौलिक र अन्यसँग मेल नखाएका जस्ता मापदण्ड बनाएर जुरीले उत्कृष्ट इन्फोग्राफिक्स छनोट गरेको हो ।
यस प्रतियोगिताको बिजेता र उपबिजेताको घोषणा २९ जुनमा घोषणा गरिएको थियो । जसमा नेपाल टुरीजम र हस्पिटालीटी २०१६ को थिममा रहेर पुजा यादवले बनाएको इन्फोग्राफिक्स बिजेता भएको थियो ।
त्यसैगरी सुरजमान नापितको नेपालमा जंगल र संरक्षित क्षेत्रको क्षेत्रफललाई लिएर बनाइएको इन्फोग्राफिक्स फस्ट रनर अपमा भएको थियो । सागर श्रेष्ठको इन्फास्ट्रक्चर फ्याक्ट्सको थिममा बनेको इन्फोग्राफिक्स सेकेन्ड रनर अप भयो ।

