बागमतीमा लाइसेन्सका लागि १७ मेडिकलबाट मात्र स्वास्थ्य जाँच हुने (सूचीसहित)

काठमाडौं । बागमती प्रदेशको उद्योग, पर्यटन, श्रम, रोजगार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को आवेदन दिँदा सूचीकृत स्वास्थ्य संस्था तथा स्वीकृत चिकित्सकबाट मात्र स्वास्थ्य जाँच गराउन निर्देशन दिएको छ ।

मन्त्रालयले एक सूचना जारी गर्दै प्रदेश अन्तर्गतका यातायात व्यवस्था कार्यालयबाट लाएसेन्सको आवेदन दिँदा सूचीकृत १७ स्वास्थ्य संस्थाबाट मात्रै स्वास्थ्य जाँच गराउने भनेको हो ।

यातायात व्यवस्था विभागले लाइसेन्सका लागि नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका जुनसुकै चिकित्सकबाट स्वास्थ्य जाँच गराउने व्यवस्था मिलाउन गत असार ३२ गते सातै प्रदेशका मन्त्रालयहरूलाई पत्राचार गरेको थियो ।

विभागको उक्त निर्णय विरुद्ध प्रदेश सरकारबाट सूचीकृत चिकित्सकले सर्वोच्चमा मुद्दा दाय गरेका थिए । उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चले साउन १२ गते मुद्दाको अन्तिम किनारा नलागेसम्म विभागको निर्णय कार्यान्वयन नगर्न र निवेदक चिकित्सकलाई सेवा संचालनमा बाधा अवरोध नगर्न अन्तरिम आदेश दिएको थियो ।

प्रदेशको साउन २० गतेको मन्त्रीस्तरीय निर्णय गर्दै अर्को आदेश वा सूचना नभएसम्मका लागि तोकिएका सूचीकृत स्वास्थ्य संस्था तथा चिकित्सकहरूबाट मात्र स्वास्थ्य परीक्षण गराउन सेवाग्राहीलाई जानकारी गराएको हो ।

मन्त्रालयले प्रदेशका ७ वटा यातायात कार्यालयका लागि छुट्टाछुट्टै १७ वटा स्वास्थ्य संस्था तोकेको छ । अब सेवाग्राहीले जुन कार्यालयबाट आवेदन दिने हो, तोक अनुसारको संस्थामा रहेका चिकित्सकबाट मात्र स्वास्थ्य जाँच गराउनुपर्नेछ ।


Back_to_top