ट्यांकरबाट पेट्रोल चोर्ने ७ जना पक्राउ

काठमाडौं । पेट्रोलियम पदार्थ बोकेको ट्यांकबाट अनाधिकृत रूपमा तेल चोरी गरी बिक्री वितरण गर्ने कार्यमा संलग्न सात जनालाई पक्राउ गरिएको छ ।

बिहीबार साँझ करिब ५ः१० बजे पर्साको वीरगंज महानगरपालिका-१४ बाइपास सडकस्थित सौदागर आयल सेन्टरमा ना.७ ख १५३९ नम्बरको ट्यांकमा जडान गरिएको सिल तोडी तेल निकालिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उक्त ट्यांकर वीरगंज बाइपास सडकखण्डस्थित आईसीपी जाँचपास भई नेपाल प्रवेश गरेको थियो । नेपाल प्रहरीका अनुसार पक्राउ पर्नेमा पर्सा वीरगञ्ज महानगरपालिका-३ का ५५ वर्षीय सुनैन मियाँ, वडा नम्बर १५ का २३ वर्षीय असलम हवारी, वडा नम्बर ११ का २१ वर्षीय रफिक मियाँ, मकवानपुर हेटौडा उपमहानगरपालिका ११ का २० वर्षीय सन्देश राना मगर रहेका छन्।

त्यस्तै, अन्य पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका १० का ४६ का केशर राम सुनार, वडा नम्बर १४ का ५० वर्षीय मन्द सिंह लामा र २७ वर्षीय उमेश राना मगर रहेका छन्।


Back_to_top