अब निगमले जापान साताको चार उडान गर्ने

काठमाडौं । नेपाल वायुसेवा निगमले जापानमा साताको चार उडान गर्ने भएको छ ।

यात्रुहरूको उच्च माग तथा नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै निगमले सेम्टेम्बर १८ देखि साताको चार उडान गर्ने भएको हो ।

निगमका अनुसार अब काठमाडौं-नारिता-काठमाडौं रुटमा साताको आइतबार, मंगललबार, बिहीबार र शुक्रबार उडान हुनेछ । निगमले हाल साताको तीन उडान गर्दै आएको छ ।

साथै, निगमले आफ्नो एयरबस वाइडबडी अन्नपूर्ण विमानको नियमित गर्नुपर्ने चौथो सी–चेक सम्पन्न गरी हालै स्वदेश फर्किएको जनाएको छ । छ ।

काठमाडौं-दुबई को नियमित उडानमा ७ जुलाई २०२६ मा गई इटालीमा विमानको विस्तृत प्राविधिक मर्मत सफलतापूर्वक सम्पन्न गरी ६ अगस्ट २०२६ मा काठमाडौंमा अवतरण गरेको हो ।


Back_to_top