नाइमामा ५० बढी नयाँ मोडल लन्च हुँदै, कुन ब्राण्डका कति ?

काठमाडौं । यही साउन २६ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा अयोजना सुरु हुने नाइमा मोबिलिटी एक्स्पो २०२६ मा ४ दर्जन बढी नयाँ मोडलका सवारी साधन लन्च हुने भएका छन् ।

नाइमामा सहभागी ४९ ब्राण्डले ५० वटा नयाँ मोडल सार्वजनिक गर्ने भएका हुन् । जसमा दुईपाँग्रे १९ वटा, चारपाँग्रे २६ वटा र कमर्शियल ४ नयँँ मोडल लन्च हुनेछन् । साथै, कम्पनीहरूले हाल बिक्री गर्दै आएका मोडलहरूको अपडेटेड भर्सन प्रदर्शन गर्नेछन् ।

नाइमामा २६ वटा स्टल चारपाँग्रे र २३ वटा दुईपाँग्रे तथा कमर्शियल ब्राण्डका स्टल रहने छन् ।

नाइमामा चारपाँग्रे तर्फ लक्ष्मी ग्रुपले ३ नयाँ ब्राण्ड तथा ८ नयाँ मोडल लन्च गर्ने भएको छ । लक्ष्मीले नाइमाबाट नेपालमा बीएआइसी, आर्कफक्स र जेटोर ब्राण्डका प्रोडक्ट प्रवेश गराउँदै छ । त्यस्तै, कम्पनीले अल न्यु हुन्डाई भेन्यु, आयोनिक ९ ईभी, नयाँ केई इक्युट र क्यारीका २ नयाँ माेडल लन्च गर्दैछ ।

पारमाउन्ट माटर्सले वुलिङका ४ नयाँ ईभी सार्वजनिक गर्दैछ । कम्पनीले एक्सियन एसयूभी, बुलिङ मिनी ईभी, डारियन एमपीभी र फेसलिफ्ट बिंगो लन्च गर्नेछ ।

एसपीजी अटोमोबाल्सले ओमाडा ४, चेरी क्यूक्यू ३, आइकार भी २७, पायोनियर मोटोकर्पले निसान टेकटन, जीओ अटोमोबाइल्सले एमजी मेजेस्टर, महिन्द्राले एक्सईभी ९ एस, ईभी राइडले होनरी बोमा ईभी लन्च गर्दैछन् ।

टाटा मोटर्सले पन्च र टियागो ईभीको फेसलिफ्ट मोडल, साइमेक्स इंकले एटो वान, एटो टु र एटो थ्रीको अपडेटेड भर्सन लन्च गर्दैछ ।

युनाइटेड ट्रेडर्सले टोयोटाका २, भीजी इम्पेक्सले जीडब्लूएमका २, कन्टिनेन्टल ट्रेडिङले कियाका ३, हिमालयन मोट्रेक्सले म्याक्ससका ३, एसक्यूबले हेनरी भोल्ट्सको ३ र सांग्रिला मोटर्सले लीपमोटरको १ नयाँ मोडल लन्च गर्दैछन् ।

दुईपाँग्रेतर्फ हंशराज हुलासचन्द कम्पनीले बजाज चेतक इलेक्ट्रीका २, जगदम्बा मोटर्सले टीभीएसका २, कुजु नेपालले याडियाका ३, त्रायन मोबिलिटीले अल्ट्राभोइलेटको १, युनाइटेड ट्रेडर्सले मोर्बिडेलीको १, इको इन्फिनिटीले निउका ३, इभोक नेपालले केरेनका २, परिमिता इन्भेष्टमेन्टले ग्यारोको १ मोडल लन्च गर्दैछन् ।

त्यस्तै, त्यस्तै, चारपाँग्रेतर्फ आयम इन्टरनेसनलले डोङफेङ, फेरमी मोटर्सले स्काइवर्थ/किटोन लगायत ब्राण्डका नयाँ माेडल लन्च गदैर्छन् ।


Back_to_top