काठमाडौं । चिनियाँ स्टार्टअप कम्पनी होजोन मोटर्सको पछिल्लो उत्पादन नेटा एक्स नेपालमा बुकिङ खुल्ला भएको छ । सिजी मोटर्सले नेटा एक्स मार्चमा डेलिभरी दिनेगरी बुकिङ खुल्ला गरेको हो ।
यसअघि नाडा अटो शोमा नेटा यू मोडल ल्याएर कम्पनीले बुकिङ लिएको थियो । तर, त्यसपछि चुपचाप बसेको सिजी मोटर्सले अबभने आधिकारीक रुपमा नै बुकिङ लिन सुरु गरेको हो ।
अहिले नै एसको आधिकारीक मूल्य निर्धारण नभएपनि ५२ लाख हाराहारी मूल्य रहने कम्पनी स्रोतले जानकारी दियो । मूल्य र फिचरको हिसावले नेटा एक्सको प्रतिस्पर्धा एमजी जेडएस ईभी र बीवाइडी एटो थ्रीसँग हुने देखिन्छ ।
यसअघि बजारमा रहेको नेटा यू–२ मोडललाई परिमार्जन गरेर कम्पनीले नेटा एक्स मोडल बजारमा ल्याएको हो । यसको लम्बाई ४६१९ एमएम, चौडाई १८६० एमएम र उचाई १६२८ एमएम रहेको छ । कम्पनीले यसमा २७७० एमएमको ह्वीलवेस दिएको छ ।
नेटा एक्समा १२० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ । सम्भवत नेपाल आउने मोडलमा १०० किलोवाट आवरको मोटर रहनेछ ।
यसमा सबैभन्दा स्मार्ट फिचरको रुपमा क्वालकमको स्मार्टड्रागन ८१५५ ककपीट दिइएको छ । यसमा ३ वटा स्मार्ट ड्राइभिङ चिप दिइएको छ ।
कम्पनीले यसमा ७२.८ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री दिएको छ । उक्त ब्याट्रीले अधिकतम ५०० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दावी छ ।
नेपालमा पनि सिजी मोटर्सले नेपाल ल्याएर नेटाका उत्पादन बिक्री गर्दै आएको छ । नाडा अटो शो २०२३ मा नेटा यू मोडल ल्याएर कम्पनीले प्रदर्शनी गरेको थियो । कम्पनीले नेटा यूको बुकिङ समेत अटो शोमा खुल्ला गरेको थियो ।
सम्भवत कम्पनीले नेटा एक्स मोडल नै नेपाल ल्याउने छ । बुकिङ लिँदा नै अटो शोमा देखाइएको मोडलभन्दा फरक नेटा यू आउने भनिएको थियो । अहिले यसलाई परिमार्जन गरेर चीनमा नेटा एक्स मोडल ल्याएको कारण यहि मोडल नेपाल आउने अनुमान गर्न सकिन्छ ।