काठमाडौं । निरन्तर उत्पादनमा सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्ड ‘रोयल इनफिल्ड’को लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटीभले दिपावलीको अबसर पारेर ‘रोयल इनफिल्ड हन्टर राइड द लाइट २०२३’ कार्यक्रम आयोजन गरेको छ । यस राइडमा ३७ वटा रोयल इन्फिल्डका हन्टर मोटरसाइकल राइडर्स सहभागी भएका थिए ।
यस कार्यक्रमको मुख्य उद्देश्य रोड सेफ्टी अवारनेस बढाउदै व्यवस्थित राइडको प्रमोट गर्ने र हाम्रा परम्परा संस्कृति र चाडहरु संरक्षण एवम् प्रवर्दन गर्नु रहेको कम्पनीले बताएको छ ।
कार्तिक २५ गते साँझ ५ बजे रोयल इनफिल्डको शोरूम कोटेश्वरबाट सुरु भएको यो राइड कोटेश्वर बानेश्वर भद्रकाली, न्युरोड, जमल, दरबारमार्ग, सहिद गेट, त्रिपुरेश्वर, कुपोण्डोल, पुलचोक, झम्सीखेल, लगनखेल, महालक्ष्मी स्थान, ताल्चीखेल, नन्खु, सानेपा, बल्खु, चोभार, टौदह, बोसन डाडासम्म रहेको थियो ।


