काठमाडौं । चिनियाँ ब्राण्ड बिएआईसी (बेजीङ अटोमोटीभ इन्डष्ट्री कर्पोरेशन) ले उत्पादन गरेका एसयूभी नेपाली बजारमा आउने भएको छ । यसलाई साःख एण्ड कम्पनी प्रालिले नेपाल ल्याउन लागेको हो ।
कम्पनीले बिएआईसी नेपाल नामक फेसबुक पेजको सुरुवात गरेर ‘बिजे–४०’ नामक एसयूभी नेपाल आउने र त्यसको लागि नेपालका विभिन्न सहरमा डिलर चाहिएको विज्ञापन सुरु गरेको छ ।
विगत ३२ वर्षदेखि चीनमा विश्वका धेरै कम्पनीको मर्सिडिज, हुन्डाई, जीप जस्ता ब्राण्डका गाडी उत्पादन गर्दै आएको बिएआईसीले उत्पादन गरेको बिजे–४० मोडल सुरुमा नेपाल आउने बताइएको छ ।
बिजे ४० मा कम्पनीले २.० लिटर टर्बो इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम २०४ हर्स पावर र २८० एनएम टर्क प्रदान गर्छ । यसमा म्यानुयल र अटोमेटिक गियरबक्स दिइएको छ । साथै यसलाई २.३ लिटर इन्जिनमा पनि कम्पनीले उपलब्ध गराउने छ ।

