काठमाडौं । एसियन बिट्सका बाइक नेपाली बजारमा भित्रिएको छ । ताइवानी ब्रान्ड एसियन बिट्सका डर्ट र मोटार्ड बाइक नेपाली बजारमा भित्रिएको हो ।
काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै उक्त डर्ट र मोटार्ड बाइकलाई नेपाली बजारमा सार्वजनिक गरिएकाे हाे । यी बाइक एसियन ग्रुपअफ कम्पनीले बजारमा ल्याएको हो ।
काठमाडौंको लाजिम्पाटमा शोरुम स्थापना गरि सार्वजनिक गरिएकाे २५० सीसीको क्षमताका यी बाइकहरुमा एक्स्चेन्ज र फाइनान्स सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
डर्ट बाइकको मूल्य ४ लाख र अर्को मोटार्डको मूल्य ४ लाख २५ हजार रुपैयाँ तोकिएको छ ।

