सन् २०१९ को सुरुवातसँगै कम्पनीहरुले नयाँ उत्पादनलाई सार्वजनिक गर्ने तयारी गरेका छन् । यस्तोमा बजारमा दुई चर्चित जापानी कम्पनी होन्डा र सुजुकीले आ–आफ्नो नयाँ बाइक बजारमा ल्याउने तयारी गरेका छन् ।
होन्डाकाे सार्वजनिक अघि नै चर्चिच बनेको मोडल सीबी ३०० आरलाई बजारमा ल्याउने अन्तिम तयारी गर्दै भारतीय बजारमा प्रि-बुकिङसमेत खुल्ला गरिसकेको छ भने सुुजुकीले जिक्सर–२५० बाइकलाई मार्च २०१९ मा सार्वजनिक गर्ने भएको छ । कपनीले भारतीय बजारमा यसको बिक्री भने २०१९ को अप्रिलबाट मात्रै गर्ने जनाकारी दिएको छ ।
होन्डाले सीबी ३०० आर रेट्रो बाइकको मूल्य भारतीय बजारमा २ लाख ५० हजार भारतीय रुपैयाँ राखेको तोकेको छ । त्यस्तै सुजुकीले जिक्सर २५० को मूल्य १ लाख ३५ हजार भारतीय रुपैयाँ हाराहारीमा राख्ने अनुमान गरिएको छ ।
विशेषतः सुरक्षालाई मध्यनजर गर्दै जिक्सर–२५० को उत्पादन गरिएको कम्पनीको दाबी छ । ड्यूल च्यानल स्ट्यान्डर्ड एबीएसकासाथ आउने नयाँ जिक्सरमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ ।
होन्डाले आफ्नो नयाँ बाइकमा प्रिलोडेड एड्जस्टेवल मोनोसक सस्पेनशन दिइएको यो बाइकमा अगाडि २९६ एमएम र पछाडि २२० एमएमको डिस्क ब्रेक दिइएको छ । साथै, यसमा पनि डियुल च्यानल एबीएस जडान गरिएको छ ।
यी दुबै बाइक एक आपसमा प्रतिस्पर्धी नभएपनि सन् २०१९ मा बजारमा आउने प्रतिक्षित बाइक भने हुन् । यी बाइकको बिक्री कस्तो हुने छ त्यो भने केही महिना कुर्नुपर्ने छ ।
साथै सीबी ३०० आरको वेलायती स्पेकमा २८६ सीसी सिंगल सिलिन्डर लिक्वीड कुल्ड ४ भल्व ‘डीओएचसी’ इन्जिन जडान भएको यो बाइकले ३१.४ एचपी पावर र २७.५ एनएम टर्क जेनेरेट गर्नेछ । भारतीय स्पेकमा कति पावर हुन्छ भन्ने कम्पनीले अझै खुलाएको छैन ।
उता, जिक्सर २५० मा उपलब्ध सिङ्गल सिलिन्डर फ्यूल इन्जेक्टेड–२५० सीसी इन्जिनले २० बीएचपी पावरकासाथै २० एनएम–टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ । साथै, यसमा सिक्स–स्पीड ट्रान्समिसन लगाइएको छ ।
होन्डाले सीबी ३०० आरलाई भारतीय बजारमा दुई कलर अप्सनमा बजारमा ल्याउने जनाइएको छ । कम्पनी स्रोतका अनुसार एक्सीस ग्रे मेटालिक र क्यान्डी क्रोमोस्पीयर रेड कलरमा नयाँ बाइक सार्वजनिक हुनेछ । यो बाइक नेपाली बजारमा आउने हो भने यसको मूल्य करिब ८ लाख रुपैयाँको हाराहारीमा पर्ने अनुमान गर्न सकिन्छ ।
सुजुकी जिक्सरमा रेगुलर मोडलमा प्रयोग भैरहेको टेलिस्कोपिक फ्रन्ट दिइएको छ भने महंगो यूएसडी सेटअप र मनोशक रियर सन्स्पेन्सन थप गरिएको छ । कम्पनीले इन्ट्री–लेवल प्रिमियम मोटरसाइकलको बजारलाई ध्यानमा राख्दै यो मोटरसाइल निर्माण गरेको जनाएको छ ।
यदि यो तत्काल नेपाली बजारमा आउने हो भने यसको मूल्य ४ लाख रुपैयाँ हाराहारीमा पर्ने अनुमान लगाउन सकिन्छ ।
यी दुबै बाइक एक आपसमा प्रतिस्पर्धी नभएपनि सन् २०१९ मा बजारमा आउने प्रतिक्षित बाइक भने हुन् । यी बाइकको बिक्री कस्तो हुने छ त्यो भने केही महिना कुर्नुपर्ने छ ।

