गाडी शोरुमा रौनक ल्याउने प्रयास गर्दै बिक्रेता (फोटो फिचर)

काठमाडौं । गाडीका शोरुममा नयाँ माहोल सृजना गर्न बिक्रेता कम्पनीहरुले नयाँ नयाँ मोडल बजारमा उतार्न सुरु गरेका छन् । लामो समय कोरोना संक्रमण फैलन नदिन भन्दै सरकार र स्थानीय प्रशासनले बन्द गरेपछि थला परेको अटो व्यवसायलाई उकास्न बिक्रेता कम्पनीहरुले नयाँ नयाँ मोडल बजारमा ल्याउन थालेका छन् ।

काठमाडौंको थापाथलीलाई अटो हब भनेर चिनिन्छ । जहाँ हुन्डाई, मारुती सुजुकी, निसान, रेनो, महिन्द्रा इलेक्ट्रीक, डाट्सन, प्यूजो, स्कोडा, फक्सवागन, फोर्डलगायतका ब्राण्डले आफ्नो शोरुम संचालन गरिरहेका छन् । त्यहाँ रहेका मुख्यत नयाँ गाडी बजारमा ल्याएका हुन्डाई, टाटा र रेनो ब्राण्डमा कस्तो छ भन्ने हेरेका थियौं ।

टाटा र हुन्डाईले हिजो नयाँ कार सार्वजनिक गरेका थिए । टाटाले प्रिमियम ह्याचव्याक अल्ट्रोज र हुन्डाईले ह्याचव्याक ग्राण्ड आई १० नियोस बजारमा ल्याएको थियो । यी दुबै ब्राण्डका कार हेर्न ग्राहकहरुको शोरुममा राम्रै उपस्थिति रहेको देखियो ।

उसोत हुन्डाईले गतहप्ता बजारमा ल्याएको अउरा सेडान पनि शोरुममा ग्राहकको नयाँ आकर्षणको रुपमा रहेको छ ।

त्यस्तै रेनोले ल्याएको क्वीड फेसलिफ्ट पनि शोरुममा शोकेस गरेको छ । कम्पनीले यसको आधिकारीक सार्वजनिक गर्ने कार्यक्रम भने आयोजना गरिसकेको छैन ।

हुन्डाई ग्राण्ड आई १० नियोस को सुरुवाती मूल्य ३० लाख ९६ हजार रुपैयाँ रहेको छ भने टाटा अल्ट्रोजको सुरुवाती मूल्य २९ लाख ९५ हजार र रेनो क्वीडको मूल्य २४ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

 

 


Back_to_top