टाटाले प्रतिस्पर्धी बजारलाई मध्यनजर गर्दै नेक्सनमा नयाँ विशेषता थप गरेको छ । यसको प्रतिस्पर्धी मोडल हुन्डाई भेन्यू र एक्सयूभी ३०० लाई ध्यानमा राख्दै २०१७ बाट बिक्री हुदै आएको नेक्सनमा टाटा मोटर्सले विभिन्न नयाँ विशेषता थप गरेको हो ।
सव फोर मिटर एसयूभी सेगमेन्ट अन्र्तगत चर्चामा रहेको नेक्सन डिजेल र पेट्रोल भर्सनमा बिक्री भइरहेको छ । नेपाली बजारमा समेत विभिन्न भेरियन्टमा बिक्री हुँदै आएको नेक्सनको सबै भेरियन्टमा नयाँ विशेषता थपिएको कम्पनीले जनाएको छ ।
कम्पनीले यसको टपस्पेक एक्स जेड प्लस, एक्सजेडएको रियर सिट र ग्लोजी पियानो१२ भि पावर आउटलेट दिएको छ । यस्तै, डोर ट्रिम नजिक ग्लोजी पियानो ब्लाक फिनिस दिएको छ । एक्स टी, एक्सजेड, एक्सजेड प्लस र एक्सजेड ए प्लस ट्रिममा नयाँ डिजाइनको रुफ रेल र अपग्रेडेट एसी भेन्ट लगाएको छ । यसको एक्सएम, एक्सएम ए, एक्सटी ट्रिममा नयाँ एन्टेना र इन्टरनेट सिस्टममा एस्थेटिक सुधार गरिएको छ ।
एक्सएम, एक्सएमए, एक्सटी र एक्सजेडमा ग्लोजी ग्रे कलर लगाइएको छ । गियर ड्यासबोर्डमा सिल्भर रंग लगाइएको छ भने गियर लिभर नोब र सेन्टर कन्सोलमा ग्लोजी पियानो फिनिश ब्लाक दिइएको छ । यसको मेकानिकल स्वरुपलाई भने कुनै परिमार्जन गरिएको छैन ।
यसमा रिभोट्रोन सिरिजमा १.२ लिटरको टर्बो चार्जयुक्त पेट्रोल इन्जिन र १.५ लिटर डिजल इन्जिन रहेको एसयूभीमा सहज र सरल ड्राइभको लागि ६–स्पीड ट्रान्समिसन समावेश गरिएको छ ।
यसको पेट्रोल इन्जिनले १ सय १० पीएस पावरमा १ सय ७० र डिजल इन्जिनले १ सय १० पीएस पावरमा २ सय ६० एनएम टर्क उत्सर्जन गर्छ ।
सुरक्षाको लागि यसमा डूअल फ्रन्ट एयरब्याग र कर्नर स्थिरता युक्त ‘एन्टीलक ब्रेकिङ सिस्टम विथ इबीडी’ समावेश छ । रियर सिटमा ‘आइएसओ फिक्स चाइल्ड रिस्ट्रेन सिस्टम’ लगायतका उच्चस्तरिय फिचर्स समावेश छन् ।


