आयो नयाँ जेनेरेशन फोर्ड एभरेष्ट (फोटो फिचर)

काठमाडौं । फोर्डले आफ्नो चर्चित फुलसाइज एसयूभी एभरेष्टको नयाँ जेनेरेशन मोडल सार्वजनिक गरेको छ । मार्च १ तारिखमा सार्वजनिक भएको नयाँ जेनेरेशन फोर्ड चाँडै नेपाल पनि आउने छ ।

फोर्डको आधिकारीक वितरक जिओ फोर्डले एभरेष्टको बुकिङ लिइरहेको छ । पहिलेको तुलनामा निकै आकर्षक देखिएको एभरेष्ट भारतमा उत्पादन भएको इन्डेभर बन्द भएसँगै थाइल्याण्डबाट नेपाल आउन लागेको हो । आफ्नो चर्चित पीकअप रेन्जरको नयाँ जेनेरेशन मोडलबाट प्रेरित भएर कम्पनीले एभरेष्टलाई बजारमा ल्याएको हो ।

निकै ठूलो ग्रिलको साथ आएको एभरेष्टको अगाडिको भाग निकै आकर्षक देखिएको छ । म्याट्रीक्स एलइडी हेडल्याम्प, सी आकारमा दिइएको डे टाइम रनिङ लाइट, एल आकारमा दिइएको एलइडी टेल लाइट, पहिलेको तुलनामा ५० एमएम लामो ह्वीलवेस र ५० एमएम बढी फराकिलो भएको कारण यो एसयूभीमा निकै धेरै स्पेश पाउन सकिन्छ ।

फोर्डले यसको इन्टेरियरलाई पनि निकै मोर्डन बनाएको छ । कम्पनीले अल न्यू डिजाइन लेआउटमा तयार गरेको एभरेष्टमा वेस भेरियन्टमा १०.१ इन्च र टप भेरियन्टमा १२ इन्चको टच स्कृन, १२.४ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लष्टर दिएको छ । वेस भेरियन्टमा भने ८ इन्चको क्लष्टर पाउन सकिन्छ ।

फोर्डले यसको टप भेरियन्टमा एम्बीयन्ट लाइट, भ्यान्टिलेटेड सिट, वायरलेस चार्जर, अटोमेटीक क्लाइमेट कन्ट्रोल, फोर्डको पास कनेक्ट कार टेक, पानारोमिक सनरुफ, १० तरिकाले मिलाउन मिल्ने ड्राइभिङ सिट, कुल्ड ग्लोबबक्स, पावर फोल्डिङ थर्ड रो सिट, पावर टेलगेट जस्ता फिचर उपलब्ध रहेका छन् ।

सुरक्षाको लागि नयाँ एभरेष्टमा ९ वटासम्म एयरव्याग, ह्याण्ड-फ्रि पार्किङ, एडाप्टीभ क्रुज कन्ट्रोल, फोर्डको प्रि-कोलिजन एसिस्ट जस्ता फिचर उपलब्ध रहेका छन् ।

फोर्डले २.० लिटर टर्बो डिजेल र ३.० भि६ टर्बो डिजेल इन्जिनमा यसलाई बजारमा उतारेको छ । सम्भवत नेपाली बजारमा २.० लिटर टर्बो डिजेल इन्जिनमा एभरेष्ट नेपाल आउने छ । कम्पनीले यसमा ६ स्पीड म्यानुयल र १० स्पीड अटोमेटीक गियरबक्स दिएको छ ।


Back_to_top