‘बोल्ड एण्ड ब्यूटी’को मिश्रण नयाँ जेनेरेशन ‘आइ-२०’

काठमाडौं । झट्ट हेर्दा कस्तो कारलाई तपाईं ‘बोल्ड र ब्यूटी’ भन्नुहुन्छ ? यसको सहज उत्तर ‘आँखामा नबिझाउने वा हेरिरहूँ जस्तो लाग्ने ।’ हो, कोरियन अटो जाइन्ट हुन्डाईको पछिल्लो उत्पादन नयाँ जेनेरेशन आइ-२० ठ्याक्कै त्यस्तै लाग्छ । बाहिरबाट हेर्दा सानो, स्पोर्टी डिजाइन र भित्रबाट ठूलो फराकिलो र बस्न आरमदायी लाग्ने ।

उसोत यो कारले बजारमा पहिलो पटक प्रवेश गरेको होइन । यसको विक्री सुरू भएको नै एक दशकभन्दा धेरै भइसकेको छ । हुन्डाईले यसलाई तेस्रो जेनेरेशन मोडलको रूपमा बजारमा उतारेको हो । पहिलो जेनेरेशन मोडलदेखि नै यसको विक्री हुँदै आएको छ ।

स्पोर्टी डिजाइन, ठूलो ग्रिल, स्टाइलिस फगल्याम्प, एलइडी डेटाइम रनिङ लाइट, पियानो ब्ल्याक फिनिसिङ सहितको स्कीड प्लेट, जेड आकारको टेल लाइट, दुई टेललाइटलाई जोड्न प्रयोग गरिएको रेड लाइनिङ्ग नयाँ जेनेरेशन आइ २० को निकै सबल पक्ष मान्न सकिन्छ ।

आधिकारीक विक्रेता कम्पनीले एक साताअघि यसको मिडिया टेष्ट ड्राइभ  कार्यक्रम आयोजना गरेको थियो । मिडिया टेष्ट ड्राइभमा यसलाई मैले पनि चलाएर हेरेको थिए । त्यही मेरो प्रतिक्रिया थियो, ‘बोल्ड एण्ड ब्यूटी’ ।

स्पोर्टी डिजाइन, ठूलो ग्रिल, स्टाइलिस फगल्याम्प, एलइडी डेटाइम रनिङ लाइट, पियानो ब्ल्याक फिनिसिङ सहितको स्कीड प्लेट, जेड आकारको टेल लाइट, दुई टेललाइटलाई जोड्न प्रयोग गरिएको रेड लाइनिङ्ग नयाँ जेनेरेशन आइ २० को निकै सबल पक्ष मान्न सकिन्छ ।

हुन्डाईले आइ २० को नयाँ जेनेरेशन मोडललाई बाहिरबाट हेर्दा निकै फिचर प्याक बनाउन मिहिनेत गरेको देखिन्छ । तर, यसको इन्ट्री भेरियन्ट म्याग्नामा केही फिचरको कमी भने ग्राहकलाई लाग्ने छ । इन्फोटेन्टमेन्ट सिस्टम र अटोमेटीक एसीको कमी गाडीमा पस्नासाथ महशुस हुन्छ ।

अन्यथा ब्ल्याक करल थिममा तयार भएको ड्यासबोर्ड, निकै स्पेशियस क्याबिन, अडियो बटम सहितको स्टेरिङ ह्वील, प्रसस्त सामान राख्न दिएको स्पेश, मोबाइल चार्जिङ पोर्ट, ड्राइभर आर्मरेष्ट, पछाडि बस्ने प्यासेन्जरको लागि एसी भेन्ट र मोबाइल चार्जिङ पोर्ट, कुल्ड बक्स, फेब्रिक सिट, आइएसओ फिक्स चाइल्ड सिट, पावर विन्डो, इलेक्ट्रीकल्ली एड्जस्ट गर्न मिल्ने लुकिङ ग्लास जस्ता फिचरले यसलाई हाइटेक र प्रिमियम बनाएको छ ।

नयाँ जेनेरेशन आइ २० दुई भेरियन्टमा मात्रै नेपाल ल्याइएको छ । म्याग्ना र स्पोर्टज् भेरियन्टमा उपलब्ध आइ २० किन्ने ग्राहकले आफ्नो बजेट अनुसार दुईमध्ये एक भेरियन्ट रोज्न सक्नेछन् ।

म्याग्ना भेरियन्टको मूल्य ३६ लाख ९६ हजार रूपैयाँ र स्पोर्टज् भेरियन्टको ४१ लाख ९६ हजार रूपैयाँ तोकेर विक्री सुरू भएको छ । म्याग्ना भेरियन्टमा ग्राहकले सुरक्षाका लागि दुई एयरब्याग, एबीएस, इबीडी, इन्जिन इमोबिलाइटर, अगाडि डिस्क र पछाडि ड्रम ब्रेक पाउन सकिन्छ ।

आइ २० को स्पोर्टज् भेरियन्टमा भने ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, टायर प्रेसर मोनिटरिङ, अटोमेटीक प्रोजेक्टर हेडल्याम्प, रियर क्यामेरा, स्पीड अर्लट र १६ इन्चको ह्वील पाउन सकिन्छ ।

‘सेन्सियस स्पोर्टीनेश’ थिममा निर्माण भएको नयाँ जेनेरेशन आइ २० भारतमा तीन इन्जिन अप्सनमा उपलब्ध रहेको भए पनि लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाली बजारमा एउटा मात्रै इन्जिन अप्सनमा उपलब्ध गराएको छ । नेपाल आएको १.२ लिटर नेचुरल एस्पायड कप्पा इन्जिन बाहेक १.० लिटर टर्बो र १.५ लिटर डिजेल इन्जिन पनि भारतमा भने उपलब्ध रहेको छ ।

हुन्डाई आइ २० को नयाँ जेनेरेशन मोडल साँच्चै बोल्ड र ब्यूटीको मिश्रण मान्न सकिन्छ । कारको डिजाइनले नै यसलाई ‘हट ह्याच’को प्रतिबिम्ब बनाएको छ । स्पेशियस क्याबिन, १७० एमएमको ग्राउन्ड क्लियरेन्स, २५८० एमएमको ह्वीलवेस आइ २० को अन्य सबल पक्ष हो ।

 


Back_to_top