मझौला व्यवसाय र स्वरोजगार चालकको सारथी कार्गो भ्यान, मूल्य १४ लाखभन्दा कम

काठमाडौं । मारुती सुजुकी कार्गो भ्यान निर्माणमा परिचित अटो ब्राण्ड हो । यो इन्डो-जापानी ब्राण्डले उत्पादन गरेको ओम्नी र इको कार्गो भ्यान नेपालमा सर्वाधिक रुचाइएको मोडलमा पथ्र्यो । अहिले ओम्नीको उत्पादन बन्द भएको छ भने, इको भ्यान विक्री वितरण भइरहेको छ ।

भारतमा नयाँ सुरक्षा र प्रदुषण मापदण्ड लागुभएसँगै ओम्नी भ्यान बन्द भएको थियो । अहिले यी दुबै मापदण्ड पुरा भएको इको भ्यान मात्र विक्री वितरण हुँदै आएको छ ।

नेपाली बजारमा सिजी मोटोकर्पले विक्री गर्दै आएको इको कार्गो भ्यानको मूल्य १३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ । साधारण डिजाइन र टिकाउ बडी यसको मुख्य विशेषता मानिन्छ । जस्तोसुकै बाटोमा सहज ह्याण्डलिङको कारण यसको प्रयोग अहिले पनि धेरै हुने गरेको छ ।

एकै पटकमा धेरै सामान राख्न सकिने स्पेश र अगाडि चालक तथा एक प्यासेन्जर गरी दुई जनाले सहज यात्रा गर्न सक्ने छन् । धेरै सामान राख्न सक्ने स्थान भएकै कारण खाद्यय बस्तुको ओसार पसार, तरकारीको ढुवानी, ग्यास, पानी जस्ता दैनिक उपभोग्य बस्तुको ओसार पसारमा यसको प्रयोग धेरै हुने गरेको पाइन्छ ।

सुरक्षालाई ध्यानमा राख्दै कम्पनीले इको भ्यानको २०२१ मोडलमा रिभर्स पार्किङ सेन्सर, चाइल्ड लक, सिटवेल्ट रिमाइन्डर, साइड इम्प्याक्ट बीम, स्पीड लिमिटर जस्ता विशेषता प्रदान गरेको छ ।

मूल्यलाई ध्यान दिएर यसमा केही उपयोगी फिचरहरु पनि थप गरिएको छ । अगाडि सिटमा हेडरेष्ट, १२ भोल्टको चार्जिङ सकेट, एनालग स्पीडोमिटर, डिजिटल डिस्प्ले, सिंगल डिन अडियो सिस्टम, हेलोजिन हेडल्याम्प, एलइडी टेलल्याम्प, व्ल्याक कलरको बम्पर, ट्यूवलेस टायर जस्ता फिचर यसमा पाउन सकिन्छ ।

मारुती सुजुकीले यसमा १.२ लिटर फोर सिलिण्डर पेट्रोल इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ६००० आरपीएममा ७३ पीएस पावर र ३००० आरपीएममा ९८ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड म्यानुयल गियरबक्स दिइएको छ ।


Back_to_top