महिन्दाले आफ्नो चर्चित एसयूभी थारलाई नयाँ संस्करणमा ल्याउने तयारीलाई तिव्र बनाएको छ । कम्पनीले २०२० सम्ममा बजारमा ल्याउने भएको थार नयाँ डिजाइनमा निर्माण भइरहेको छ ।
एड्भेन्चर ड्राइभमा जान चाहने ग्राहकको लागि ल्याइएको थार यसअघि नै नेपाली बजारमा समेत निकै चर्चित रहेको छ ।
पुरानो मोडलको तुलनामा केही ठूलो साइज र आकर्षक डिजाइनमा आउने भएको महिन्द्रा थारबारे जान्नै पर्ने केही तथ्य यस्ता छन् ।
नयाँ प्लाटफर्म
महिन्द्रा थार नयाँ प्लाटफर्ममा निर्माण भएको एसयूभी हो । साथै, कम्पनीले महिन्द्रा स्कर्पियोको नयाँ जेनेरेशन समेत सोही प्लाटफर्ममा निर्माण गरिरहेको छ । यी दुबै एसयूभी करिब एकै समयमा निर्माण हुने कम्पनीले जनाएको छ । नयाँ प्लाटफर्मले महिन्द्रा थारलाई थप सुरक्षित बनाएको कम्पनीको दाबी छ ।
कन्टेम्पोररी डिजाइन
माचो लुकमा निर्माण महिन्द्रा थारमा कन्टेम्पोररी डिजाइन दिइएको छ । अल न्यू मोर्डन डिजाइनमा निर्माण भएको यस मोडलमा आकर्षक लुक दिइएको छ । जीप र्याङ्लरको जस्तै स्वरुप निर्माण भएको यो मोडल स्ट्रङ्ग ब्रान्ड बन्ने कम्पनीको अपेक्षा छ ।
कम्पनीले पूर्ण रुपमा नयाँ स्वरुपमा निर्माण गरेको भनिएता पनि यसको लुक पुरानो मोडलसँग मिल्दाजुल्दो भएको बताइन्छ । पुरानो मोडलमा तुलनमा नयाँ थारमा आकर्षक हेडल्याम्प, सिंग्नेचर ७ फ्लाट ग्रिल, नयाँ प्यानल दिइएको कम्पनीले जनाएको छ ।
आकर्षक क्याबिन
महिन्द्रा थारमा आकर्षक क्याबिन दिएको छ । यसमा कम्फर्ट, सिट, अटोमेटिक क्लाइमेट कन्ट्रोल, टचस्क्रिन इन्फोटेनमेन्ट युनिट, डबल फ्रन्ट एयरब्याग, लेदर अपहोलस्ट्री लगायतकोे विशेषता दिइएको छ । आधुनिक डिजाइनमा आधारित थारमा नयाँ ड्यासबोर्ड, करेन्ट मोडलमा उपलब्ध फिट एयरब्यागलगायत सुरक्षालाई मध्यनजर गर्दै विभिन्न विशेषता दिइनेछ । यतिमात्रै नभई, ड्राइभर र यात्रुको सचेतका लागि सिटबेल्ट रिमान्डर जडान गरिनेछ ।
इन्जिन
यसमा २.० लिटर डिजेल इन्जिन लगाइएको छ । थारमा रिफाइन, रिलाइबल र फ्युल इफिसियन्ट इन्जिन दिइएको कम्पनीले जनाएको छ । नयाँ थारमा प्रयोग हुने इन्जिन भारतीय प्रदूषण मापदन्ड बीएस–६ मापदन्ड अनुरुप तयार पारिएको छ । यसमा उपलब्ध इन्जिनले १४० पीएस पावरका साथै ३२० एनएम टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ ।
यसमा ६ स्पीड म्यानुअल ट्रान्समिसन लगाइएको छ । यो मोडल फोर ह्वील ड्राइभ सिस्टममा आउने छ । महिन्द्रा थारको करेन्ट जेनेरेशनमा भने एम–२ डीआईसीआर २.५ लिटर डिजेल इन्जिनको प्रयोग गरिएको छ । यसले ६३ बीएचपी पावरकासाथै १९५ एनएम टर्क उत्पादन गर्छ भने २.५ लिटर इन्जिनले १०५ बीएचपी पावरकासाथै २४७ एनएम टर्क उत्पादन गर्छ ।
सफ्ट टप र हार्ड टप
कम्पनीले महिन्द्रा थारलाई सफ्ट टप र हार्ड टप मोडलमा ल्याउने छ । कम्पनीको यस निर्णयले संभावित ग्राहकलाई थप रिलिफ प्रदान गर्ने कम्पनीले जनाएको छ । यसको हार्ड टप मोडल थप सुरक्षित तथा आकर्षक हुने अनुमान छ ।


