रोयल इन्फिल्डले हिमालयन मोटरसाइकललाई परिमार्जन गर्दै नयाँ टर्बाे चार्ज्ड इन्जिनमा ल्याउने भएको छ । आकर्षक स्वरुप र परिमार्जित डिजाइनमा निर्माण भएको यो मोटरसाइकल स्टाइलिस र प्रिमियम लुकमा आउने भएको हो ।
यसको फ्रन्ट फेसमा फोर पोड प्रोजेक्टर हेडलाइटले मोटरसाइकललाई यूनिक लूक प्रदान गरेको कम्पनीको भनाई छ । यस्तै हेडल्याम्प नजिकै कस्टुम प्यानल लगाएको छ भने फ्रन्टमा नयाँ सस्पेन्सन सेटअप दिइएको छ । मोटरसाइकलमा अपसाइड डाउन टेलिस्कोपिक फर्क र रियरमा मनोसक सस्पेन्सन दिइएको छ ।
चेसिसमा क्रस बार र नयाँ पेन्टमा सजिएको हेडलाइट राखिएको छ भने, मोटरसाइकलको टप सेन्टरमा एल्लो बेल्ट लगाइएको छ । फ्यूल ट्यांक पुरानोकै समान रहेको छ । पुरानो मोडलमा उपलब्ध सिटलाई समेत परिमार्जन गरिएको छ ।
यस्तै मोटरसाइकलमा अलोय यूनिटको वायर स्पोक ह्वील लगाइएको छ । यसको फ्रन्टमा २१ इन्चको वायर स्पोक ह्वील लगाइएको छ भने फ्रन्ट र रियरमा लगाइएको ह्वीलमा अफ रोड स्पेक फिचर दिइएको छ । यो मोटरसाइकललाई अफरोड राइडिंकै लागि परिमार्जन गरिएको कम्पनीले जनाएको छ ।
यसमा ४११ सीसी सिंगल सिलिन्डर एयर कुल्ड एसओएससी फ्युल इन्जेक्ट इन्जिन रहेको छ । जसले ६५०० आरपीएममा २४.५ बीएचपी पावरका साथै ४२५० आरपीएममा ३२ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा पाँच स्पिड ट्रान्समिसन दिइएको छ । दुबै ह्वीलमा डिस्क ब्रेक लगाइएको छ भने साइडमा स्विंग आर्म र रियरमा डिस्क ब्रेक दिइएको छ ।

