काठमाडौं । हिरोको नयाँ र्याली मोटरसाइकल ‘इन्डियन नेशनल र्याली स्प्रिन्ट च्याम्पियनशिप’मा देखिएको छ । कम्पनीले ४०० सीसी सेग्मेन्ट च्याम्पियनशिपमा हिरोको नयाँ मोटरसाइकले भाग लिइएको तस्वीर बाहिर आएको हो ।
कम्पनीले च्याम्पियनशिपमा ४०० सीसीभन्दा माथिका मोटरसाइकल मात्र भाग लिन पाउने ए क्याटगोरीमा भाग लिएको हो ।
कम्पनीका फ्याक्ट्री राइडले हालेको तस्वीरमा देखिए अनुसार यो मोटरसाइकलमा नयाँ इन्जिन तथा च्याचिस देखिएको छ । जुन कम्पनीले सन् २०२० मा जयपुरमा भएको हिरो वर्ल्ड २०२० देखाएको प्रोटोटाइप मोडलमा जस्तै देखिन्छ ।
यसले कम्पनीले निकट भविष्यमा एक्सपल्सको माथिल्लो भर्सन सार्वजनिक गर्न सक्ने देखिन्छ । कम्पनीले ल्याउने ४०० सीसी सेग्मेन्टका नयाँ एड्भेन्चर मोटरसाइकल हिमालयनसँग प्रतिस्पर्धा गर्नेछ ।

कम्पनीले ४०० सीसी नयाँ मोटरसाइकल डुअल स्पोर्ट्स तथा नेकेड डिजाइनमा ल्याउने अनुमान गर्न सकिन्छ । २०२२ को अन्तिममा कम्पनीले लद्दाखमा नयाँ मोटरसाइकल परीक्षण गर्दै गरेको तस्वीर बाहिर आएको थियो ।
कम्पनीले ल्याउने ठूलो साइजको एक्सपल्समा ४२० सीसीको इन्जिन हुने अनुमान रहेको छ । यो इन्जिनले ३५ हर्सपावर तथा ४० एनएम टर्क जेनेरेट गर्नेछ ।

