जेएसीले ल्यायो सोडियम आयन ब्याट्री भएको पहिलो कार

काठमाडौं । चीनमा पहिलो पटक सोडियम आयन ब्याट्री भएको इलेक्ट्रीक कार सार्वजनिक भएको छ । चिनियाँ इलेक्ट्रीक कम्पनी जेएसीले पहिलो पटक सोडियम आयन ब्याट्री भएको कार सार्वजनिक गरेको हो ।

हिना ब्याट्रीको उत्पादन कम्पनीले परीक्षणका लागि केही कारहरूमा प्रयोग गरेको हो । जेएसीले सोडियम आयन ब्याट्रीका लागि फक्सवागन अन्हुइ र हिना ब्याट्री कम्पनीसँग सहकार्य गरेको हो ।

जेएसीले सेहोल ईएक्स १० इलेक्ट्रीक कारमा उक्त ब्याट्री प्रयोग गरेको हो । परीक्षण गरिएको कारमा २५ किलोवाट आवरको ब्याट्रीको प्रयोग भएको छ । यो ब्याट्रीले एकपटकको फुल चार्जमा अधिकतम २५२ किलोमिटर रेन्ज दिएको कम्पनीको दाबी छ । यसले फास्ट चार्जिङ पनि सपोर्ट गर्ने कम्पनीको भनाइ छ ।

हिना ब्याट्री २०१७ मा पहिलो पटक सोडियम आयन ब्याट्री सार्वजनिक गरेको थियो भने कम्पनीले २०२२ को अन्तिमदेखि सोडियम आयन ब्याट्रीको व्यवसायिक उत्पादन थालेको हो ।

केही समय पहिला बीवाइडीका इलेक्ट्रीक कारमा सोडियम आयन ब्याट्रीको प्रयोग गर्ने हल्ला फैलिएको थियो भने बीवाइडीले यसको खण्डन गरेको थियो ।


Back_to_top