काठमाडौं । कियाले आफ्नो चर्चित इलेक्ट्रीक क्रसओभर निरोको नयाँ मोडल बजारमा ल्याउने भएको छ । कम्पनीले नयाँ निरोलाई नोभेम्बर २५ मा ‘सियोल मोविलिटी शो’मा प्रदर्शन गर्ने तयारी गरेको हो ।
कोरियन अटोमोवाइल कम्पनीले निरोको फेसलिफ्ट मोडल हुने अनुमान गरिएको छ । कम्पनीले यसको टिजर सार्वजनिक गरिसकेको छ । नयाँ निरोको डिजाइन इको फ्रेण्ड्ली हुने र पहिलेको तुलनमा थप ‘ड्राइभिङ प्लेजर र फन’ दिने खालको हुने अनुमान गरिएको छ ।
नयाँ निरोको एक्टेरियर सन् २०१९ को हवानिरो कन्सेप्टमा आधारित रहेर डिजायन गरिएको छ । निकै बोल्ड डिजाइन, ड्यूल टोन कलर, एड्भेन्चर रेडी एटीच्यूड जस्ता विशेषताले निरोको परिभाष बदल्ने बताइन्छ ।
क्यावीन भित्र अपोजीट युनाइटेड डिजाइन क्लुमा आधारित होरिजेन्टल तथा डायगनल ड्यास कम्वीनेसन ग्राहकले पाउने छन् । यसको इन्टेरियर बोल्ड, यथार्थपरक तथा इको फ्रेन्ड्ली डिजाइनमा बनेको कम्पनीले दावी गरेको छ । यसको बारेमा थप जानकारी दुई दिनपछि मात्रै थाहा हुनेछ ।


