काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले काठमाडौंको नक्सालमा हुन्डाईको नयाँ शोरुम संचालनमा ल्याएको छ । नेपाली बजारमा बढ्दै गरेको हुन्डाईको मागलाई सम्बोधन गर्न प्रिमियम विक्री सेवा दिने उद्देश्यले यो शोरुम संचालनमा ल्याइएको कम्पनीले जनाएको छ ।
नेपालका लागि द रिपब्लिक अफ कोरियाका राजदूत पार्क योङ्ग–सिक, हुन्डाई मोटर कम्पनी, एसिया हेडक्वार्टर प्रमुख योङ्ग सुक ली तथा लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठ द्वारा संयुतm रुपमा उक्त शोरुमको उद्घाटन गरिएको हो ।

ग्राहकहरुका निम्ति उत्कृष्ट विक्री सेवा अनुभव दिन नक्सालको नयाँ सोरुमले थप मद्दत पुग्ने कम्पनीका चेयरम्यान गणेशबहादुर श्रेष्ठले बताए ।
यो शोरुमको डिजाइन हुन्डाईको न्यू ग्लोबल डिलरसिप स्पेश आईडेन्टिटी अनुसार बनाइएको कम्पनीको दाबी छ । जहाँ ग्राहक लाउन्ज, विक्री सल्लाहकार कक्ष, सम्मेलन कक्ष आदीको व्यवस्था गरिएको छ । विद्युतीय गाडीहरु सित्तैमा चार्ज गर्दै पार्क गर्ने सुविधासमेत यहाँ उपलब्ध रहेको छ ।

