मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनी टीभीएसले एबीएस विशेषता उपलब्ध अपाची आरटीआर–१६० फोर–भी सार्वजनिक गरेको छ । कम्पनीले यसको मूल्य नन्–एबीएसकोभन्दा ६ हजार ९ सय ९९ बढाएर ९८ हजार ६ सय ४४ भारु तोकेको छ ।
हाल एबीएस फिचर बाइकको फ्यूल इन्जेक्टेड भर्सनमा मात्रै उपलब्ध गराएको कम्पनीले जनाएको छ भने, केही समयपश्चात् यसको कब्र्यूरेटर भर्सनमा पनि दिइने आउने जानकारी गराएको छ ।
१५९ सीसी सिङ्ग–सिलिन्डर इन्जिन रहेको बाइकले १६.२ बीएचपी पावरकासाथै १४.८ एनएम–टर्क उत्पादन गर्छ । आरटीआर फोर–भीको इन्जिनमा फाइभ–स्पीड गियरबक्स दिइएको छ ।
भारतमा लागू हुने नयाँ इमिशन मापदन्डअनुसार विभिन्न कम्पनीले आफ्नो मोडललाई परिमार्जन गर्दैआएका छन् । यो मोडलले बजाज पल्सर एनएस–१६०, होन्डा सीबी हर्नेट–१६० आर, सुजुकी जीक्सर र हिरो एक्स्ट्रीम–२०० आरजस्ता मोडलसँग प्रतिस्पर्धा गरिरहेको छ ।
हाल टीभीएस कम्पनीले नेपाली बजारमा समेत आरटीआर–१६० फोर–भीको नन्–एबीएस भर्सनको बिक्री–वितरण गर्दैआएको छ । नेपाली बजारमा यस मोटरसाइकलको मूल्य २ लाख ८५ हजार ९ सय रुपैयाँ रहेको छ । यदि एबीएससहितको बाइक नेपाल आउने हो भने २० हजार रुपैयाँ हाराहारीमा मूल्य वृद्धि हुनेछ ।

