काठमाडौं । नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले थप ‘पावर, कम्फर्ट र भ्यालु फर मनी’सहितको नयाँ र्यापीड टीएसआई सार्वजनिक गरेको छ । नयाँ स्कोडा र्यापीड अघिल्लो पुस्ताको र्यापिडभन्दा पाँच लाख रुपैयाँ कम यानि ३४ लाख ९० हजार रुपैयाँमा सार्वजनिक भएको हो ।
विभिन्न ६ भेरियन्टमा सार्वजनिक भएको र्यापीड राइडरको सुरुवाति मूल्य ३४ लाख ९० हजार, राइडर प्लसको ३६ लाख ९० हजार, एम्बिसन को ४३ लाख ९० हजार, ओनिक्सको ४४ लाख ९० हजार, स्टाइलको ५० लाख ९० हजार र मोन्टे कार्लो भेरियन्टको ५१ लाख ९० हजार रुपैयाँ रहेको छ ।
नयाँ स्कोडा र्यापीडलाई नयाँ टीएसआई इन्जिनले पावर दिन्छ । जुन पहिला स्कोडा सुपर्ब र स्कोडा अक्टाभिया जस्तो प्रिमियम मोडेलमा प्रयोग भएको थियो । नयाँ पेट्रोल टीएसआईले ११० पीएस पावर र १७५ एनएम टर्क उत्पन्न गर्छ ।

नयाँ र्यापीड टीएसआई १.० को ‘फ्युल इफिसेन्सी’ पनि निकै राम्रो रहेको छ । यसले १८.९७ किलोमिटर प्रति लिटर माइलेज प्रदान गर्ने छ ।
अघिल्लो पुस्ताको र्यापीड १.६ एमपीआईको तुलनामा नयाँ टीएसआई इन्जिनले ५ प्रतिशत बढी पावर र १४ प्रतिशत बढी टर्क उत्पन्न गर्छ । त्यसैगरी, नयाँ र्यापीडको ‘फ्युल इफिसेन्सी’ पनि अघिल्लो र्यापीडको तुलनामा २३ प्रतिशत बढी रहेको छ ।
नयाँ स्कोडा र्यापीडमा ४६० लिटर बराबरको ‘बेस्ट इन क्लास’ बुट स्पेस र ५५ लिटरको फ्युल ट्यांक रहेको छ । साथै, नयाँ ¥यापिडका सबै भेरियन्टमा ‘रियर एसी भेन्ट’, ‘अटोमेटिक क्लाइमाट्रोनिक एसी’, ‘टिल्ट एन्ड टेलिस्कोपिक स्टेरिङ’ उपलब्ध छ ।
नयाँ र्यापीडमा पनि ‘पार्कट्रोनिक रियर पार्किङ सेन्सर’, ‘एन्टी ग्लेर इन्टेरियर रियर भ्यु मिरर’, ‘रफ रोड प्याकेज’, ‘फ्युल सप्लाई कट–अफ’ र ‘फ्लाटिङ कोड सिस्टम’सहितको ‘इन्जिन इमोबिलाइजर’ जस्ता सुरक्षा फिचर राखिएका छन् ।
‘नयाँ स्कोडा र्यापीडबाट हामीले धेरै अपेक्षा गरेका छौं किनभने यो अद्वितीय ‘पर्फमेन्स’ र असाधारण ‘भ्यालु फर मनी’को गज्जबको प्याकेज हो,’ एमएडब्लु स्कोडाका कार्यकारी निर्देशक रौनक अग्रवालले भने । साथै उनले भने ‘लकडाउन सकिएको अवस्थामा नयाँ र्यापीडलाई हेर्न र अनुभव गर्न हाम्रो सोरुममा आउने ग्राहकको संख्या एकदम बढिरहेको छ । हामीलाई विश्वास छ, नयाँ र्यापीडको टेस्ट ड्राइभ गर्ने हरेक ग्राहकको मन पक्कै जित्नेछ ।’
ग्राहकको ‘पिस अफ माइन्ड’ र ‘वनरशिप कस्ट’ कम गर्न एमएडब्लुले नयाँ स्कोडा र्यापीड टीएसआई १.० मा चार वर्षे सर्भिस प्याकेजको व्यवस्था गरेको छ । ग्राहकले नयाँ र्यापीड किनेको चार वर्षसम्म मर्मतमा पैसा खर्च गर्नु पर्दैन । यसका साथै, चार वर्ष वा एक लाख किलोमिटर वारेन्टीको व्यवस्था समेत गरेको छ ।

