सुपर स्प्लेन्डरकाे नयाँ सर्भन नेपालमा सार्वजनिक, यस्तो छ मूल्य

काठमाडौं। मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी हिरो मोटोकर्पले नयाँ सुपर स्प्लेन्डर सार्वजनिक गरेको छ।

नयाँ हिरो सुपर स्प्लेन्डरमा सुपर–पावर, सुपर–माइलेज र सुपर–कम्फर्टका रुपमा ल्याइएको कम्पनीले जनाएको छ ।

यो मोटरसइकलमा नयाँ एनालग क्लस्टर, इन्टिग्रेटेड यूएसबी चार्जर, साइड–स्ट्यान्ड इन्जिन कट–अफ जस्ता फिचर थप गरिएको छ ।

हिरो सुपर स्प्लेन्डरमा १२५ सिसी सिंगल सिलिन्डर इन्जिन रहेको छ । यो इन्जिनले ७५०० आरपीएममा अधिकतम १०.७ बीएच पावर तथा ६००० आरपीएममा १०.६ एनएम टर्क जेनेरेट गर्छ ।

यो मोटरसाइकलको मूल्य २ लाख ६६ हजार रुपैयाँ निर्धारण गरेर कम्पनीले विक्री सुरु गरेको हो ।

हिरोका उत्पादनहरूमा एचएफ डिलक्स, स्प्लेन्डर प्लस, सुपर स्प्लेन्डर, ग्ल्यामर, ग्ल्यामर एक्सटेक, हंक १५०आर, एक्सट्रीम १६०आर, एक्सट्रीम २००आर, प्लेजर, माएस्ट्रो एज, डेस्टिनी १२५, माएस्ट्रो एज १२५, एक्सपल्स २००टी र एक्सपल्स २०० फोरभी रहेका छन्।


Back_to_top