विश्वमानै स्पोर्टस युटिलिटी भेइकल (एसयुभी) सेगमेन्टका सवारीको माग तथा उत्पादन बढ्दै गएको छ । सवारी उत्पादक कम्पनीहरुले पनि एक पछि अर्को गर्दै शक्तिशाली तथा आकर्षक प्रिमियम तथा कम्प्याक एसयुभी सार्वजनिक गरिरहेका छन् ।
महिन्द्राले हालै प्रिमियम एसयुभी अल्टुरस जीफोर सार्वजनिक ग¥यो । साथै उसले कम्प्याक एसयूभी सेग्मेन्टमा नयाँ गाडी सार्वजनिक गर्ने तयारीलाई अन्तिम चरणमा पुर्याएको जनाएको छ ।
भारतीय बजारमा २०१९ को पहिलो क्वाटरमा नै ५ नयाँ प्रिमियम तथा कम्प्याक एसयूभी सार्वजनिक हुने भएका छन् ।
टाटा ह्यारियर

टाटाले ह्यारियर २०१८ को अटो एक्स्पोमा इन्ट्रोड्युस गरेको थियो । यो एसयुभी २०१९ को जनवरीमा सार्वजनिक हुनेछ । भारतीय बजारमा यसको प्रतिस्पर्धा हुन्डाई क्रेटा र जिप कम्पाससँग हुने अनुमान गरिएको छ । टाटाले नयाँ एसयुभी ह्यारियरको बुकिङसमेत सुरु गरिसकेको छ ।
हुन्डाई कारलिनो

दक्षिण कोरियाको अटो उत्पादक कम्पनी हुन्डाईले २०१९ को पहिलो क्वाटरमा उत्पादन कोण क्यूएक्सआईलाई बजारमा उतार्ने भएको छ । २०१६ दिल्ली अटो शोमा दिइएको नाम कारर्लिनो कम्प्याक एसयूभीको फाइनल नाम भने बाहिर आएको छैन ।
सब फोर मिटर सेग्मेन्टमा रहेका मारुती सुजुकी भिटारा ब्रेजा, टाटा नेक्शान, फोर्ड ईको–स्पोर्ट र आउँदै गरेको महिन्द्रा एस–२०१ सँग यसले कडा प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।
यसमा १.० लिटर पेट्रोल र १.५ लिटर डिजेल इन्जिन दिइने कम्पनीले जनाएको छ । अटोमेटिक ट्रान्समिसनको साथ आउने यो कम्प्याक एसयूभीमा हुन्डाईले प्रिमियम फिचर दिने जनाएको छ ।
किया एसपी कन्सेप्ट

प्रिमियम कार ब्रान्ड कियाले २०१८ को अटो एक्सपोमा एसपी कन्सेप्ट सार्वजनिक गरेको थियो । यो हुन्डाई क्रेटाबाट प्रभावित हुने भएपनि त्यो भन्दा फरक प्रकृतिमा आउने छ । यो एसयूभी भारतमा २०१९ को मध्यतिर सार्वजनिक हुने छ ।
महिन्द्रा एस२०१

महिन्द्राले भारतीय बजारमा नयाँ एसयुभी आगामी वर्षको सुरुवातमा सार्वजनिक गर्दै छ । एसयुभी एस२०१ नाम दिइएको यो कारको औपचारीक नाम भने बाहिर आएको छैन । यो ४ मिटरको एसयुभी हुनेछ ।
निसान किक्स

निसानले नयाँ एसयूभी किक्स भारतीय बजारमा २०१९ को सुरुवातमै सार्वजनिक गर्दैछ । यो कम्प्याक्ट एसयुभी हो । निसानले यो कार माथि निक्कै भरोसा गरेको छ । यो कार सार्वजनिक भएपछि भारतीय बजारमा निशानको खस्केको साख बढ्ने विश्वास कम्पनीले लिएको जनाएको छ ।


