भारतीय बजारमा केही दिनअघि सार्वजनिक भएको जावा मोटरसाइकलको प्रभाव महिन्द्रा मोजोलाई परेको छ । जावाले आफ्नो नयाँ मोटरसाइकल बजारमा ल्याएसँगै महिन्द्राले निकै आशा राखेको एड्भेन्चर टुरर बाइक मोजोको व्यापार ह्वात्तै घटेको हो ।
गत अक्टोम्बर महिनामा मोजो मोडल मात्रै १२ युनिट बिक्री भएको थियो भने, यो नोभेम्बर महिनामा पनि निराशाजनक बिक्री भएको छ । महिन्द्राले जावाको नयाँ मोडल बजारमा आएसँगै मोजोको व्यापार घटेको दाबी गरेको छ ।
बजारमा आएको जावा–३०० र जावा–४२ मा मोजोमा उपलब्ध बीएस–६ इन्जिननै लगाइएको छ । जावा बाइकको मूल्य पनि लगभग मोजोको जतिनै रहेको छ ।
मोजो एक्सटी–३०० को मूल्य १ लाख ८० हजार भारतीय रुपैयाँ रहेको छ भने युटी–३०० को मूल्य १ लाख ५० हजार भारतीय रुपैयाँ रहेको छ ।

