पेट्रोल इन्जिनमा आएसँगै थारको माग उच्च, तिहारपछि नेपाल आउने

काठमाडौं । अफरोड सब फोर मिटर एसयूभी छुट्टै पहिचान बनाएको महिन्द्रा थारको नयाँ जेनेरेशन मोडल भारतमा निकै सफल भएको छ । केहि दिनअघिबाट ग्राहकलाई हस्तान्त्रण सुरु गरेको थियो । अहिलेसम्म भारतमा यसको २० हजार यूनिट बुकिङ पुगेको कम्पनीले जनाएको छ ।

एड्भेञ्चर ड्राइभिङ मन पराउने ग्राहकलाई लक्षित गरेर बजारमा ल्याइएको थारको नयाँ जेनेरेशन मोडल निकै पृथक डिजाइनमा आएको छ । यसलाई अफरोड ड्राइभिङ मन पराउने र पारिवारीक कारको रुपमा प्रयोग गर्नेले समेत खरिद गर्न थालेका कारण माग उच्च रहेको जनाइएको छ ।

अफरोड एसयूभीको नामले परिचित नयाँ जेनेरेशन थार निकै आकर्षक डिजाइन र थप लग्जरी फिचरका साथ आएकाले नेपालको लागि महिन्द्राको आधिकारीक वितरक अग्नी इनकर्पोरेट प्रालिले यसलाई तिहार नेपाल ल्याउने तयारी गरिरहेको छ ।

‘भारतमा यसको उच्च माग रहेको छ । हामी तिहारपछि नेपाल ल्याउने तयारी गरिरहेका छौं’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।

सुरुवात देखिनै चर्चामा रहेको महिन्द्राको नयाँ जेनेरेशन थार दुई इन्जिन अप्सनमा ग्राहकले खरिद गर्न सक्ने छन् । यसमा २.२ लिटर एमहक डिजल र २.० लिटर टर्बो पेट्रोल इन्जिन दिइएको छ । यसमा पहिलो पटक कम्पनीले पेट्रोल इन्जिन दिएको हो ।

यसमा रहेको डिजल इन्जिनले अधिकतम १३० बीएच पावर र ३०० एनएम टर्क प्रदान गर्छ भने पेट्रोल इन्जिनले १५० बीएच पावर र ३२० एनएम टर्क प्रदान गर्छ ।


Back_to_top