ठूलो सनरुफ र ४५ किलोवाट आवरको ब्याट्रीमा आयो ‘नेक्सन के-थ्री’

काठमाडौं । नेपाली सडकमा बाक्लो उपस्थिति जनाएको टाटा नेक्सनको नयाँ मोडल नेपाल आएको छ । सिप्रदी ट्रेडिङले ४५ किलोवाट आवर क्षमताको प्रिज्म्याटीक ब्याट्रीसहितको नयाँ नेक्सनको डिजाइन पनि पहिलाभन्दा ब्यापक परिवर्तन भएको हो ।

ठूलो पानारोमिक सनरुफ, मोर्डन ड्यासबोर्ड, नयाँ स्टेरिङ ह्वील, क्लोजअफ ग्रिलसहित आएको नेक्सन के-थ्रीमा ३६० डिग्री क्यामरा पनि उपलब्ध छ । ९८ किलोवाट क्षमताको मोटर जडान भएर आएको नेक्सन के-थ्री मोडल आइतबारबाट बुकिङ खुला हुनेछ । यसको मूल्य पनि आइतबार नै सार्वजनिक हुने अनुमान गर्न सकिन्छ ।

सम्मका विशेषता उपलब्ध रहेको नयाँ नेक्सन केथ्री ईएलआर ५० लाख रुपैयाँभन्दा कममै सार्वजनिक हुने कम्पनी स्रोतले बताएको छ। यो सेगमेन्टमा विद्युतीय एसयूभीबीच कडा प्रतिस्पर्धा रहेको र प्रतिस्पर्धी मोडल अझै थमिने क्रममा रहेकाले सिप्रदीले नेक्सन केथ्री ईएलआर प्रतिस्पर्धी मूल्यमै सार्वजनिक गर्ने अनुमान गरिएको छ।

नेक्सन के–थ्रीलाई ७.२ किलोवाटको एसी चार्जर र ६० किलोवाटसम्मको डिसी चार्जरले चार्ज गर्न सकिन्छ । कम्पनीले यसमा चार लेभलको रिजेनेरेटिभ ब्रेकिङ सिस्टम दिएको छ ।

नेक्सन ईभीमा १९० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स, ३५० लिटरको बुट स्पेस रहेको नेक्सन केथ्री ईभी भारत एनक्यापमा ५ स्टार सेफ्टी रेटिङ पाउन सफल भएको मोडल हो ।


Back_to_top