काठमाडौं । नेपालमा मिशेलिन टायरको आधिकारीक बिक्रेता सिप्रदी अटोपार्टसले अनलाइन स्टोर दराजमा मिशेलिन टायरहरु बिक्रीको लागि उपलब्ध गराएको छ । कम्पनीले ग्राहकको सुविधालाई प्राथमिकतामा राख्दै दराजमा मिशेलिनका टायर बिक्रीको लागि उपलब्ध गराएको हो ।
मिशेलिनका दुई वटा मोडेल दराजमा विशेष छुटसहित सिप्रदी अटोपार्टसले उपलब्ध गराएको छ । अब ग्राहकहरुले छिटो, छरितो र सहज रुपमा मिशेलिन सिराक स्ट्रीट टीएल (११०÷९०–१८ ६१ पी) र मिशलिन सिटी प्रो टिटी (९०÷९०–१९ ५२ पि) टायर खरिद गर्न सक्ने छन् ।
यसअघि बिक्री हुँदै आएको मूल्यमा विशेष छुटसहित दराजमा टायर उपलब्ध गराइएको जनाएको छ । यसअनुसार पहिले ११ हजार ५९९ रुपैयाँ मूल्य रहेको मिशेलिन सिराक स्ट्रीट टिएल मोडल ९ हजार ९९९ रुपैयाँ तिरेर दराजमा खरिद गर्न सकिने छ ।
त्यसैगरी, मिशेलिन सिटी प्रो टिटीको मूल्य ७ हजार ६९९ रुपैयाँ छ । अब दराजमा किन्ने ग्राहकले विशेष छुटसहित ५ हजार ५५५ रुपैयाँमा नै खरिद गर्न सक्ने छन् ।
यसबाट ग्राहकहरुलाई थप टेवा पुग्ने र नक्कली टायर खरिदको जोखिम समेत हट्ने छ । अगामी दिनमा सिप्रदी अटोपार्टसले मिशेलिनका अन्य टायरहरु पनि दराजमा उपलब्ध गराउने जनाएको छ ।