निसानको किक्स कम्प्याक एसयूभी डिसेम्वरमा लन्च हुने

काठमाडाैं । जापनिज माेटर कम्पनी निसान मोटर्सको कम्प्याक एसयूभी किक्स २०१६ मा ब्राजीलकाे समर अाेलम्पिक्समा देखाइएकाे थियो । सन् २०१८ काे डिसेम्बरमा भारतीय बजारमा कम्प्याक एसयूभी किक्स सार्वजनिक हुने कम्पनीले जनाएको छ । कम्प्याक एसयूभी किक्सले भारतीय बजारमा एसयूभी सेग्मेन्टमा राम्रो प्रर्दशन गर्ने कम्पनीको अपेक्षा रहेको छ ।

अन्तराट्रिय बजारमा बिक्रिका लागि कम्पनीले किक्स एसयूभीलाइ केभि प्लेटफर्म बनाएको छ । तर, भारतीय बजारमा उपलब्ध हुने यो गाडि भने एमओ प्लेटफर्ममा बनाउने अनुमान गरिएको छ। भारतीय बजारमा रेनोको डस्टर,लजी र क्याप्चर एमओ प्लेटफर्ममा बनाइएको गाडिहरु हुन् । किक्स एसयूभी पनि यहि एसेम्बीली लाइनअपमा एसेम्बल हुने र पार्टसहरू पनि रेनोकै प्रयोग गरीने जनाएको छ ।

किक्स कम्प्याक एसयूभीमा रेनोमा प्रयोग भइरहेको इन्जिन समेत प्रयोग हुन सक्ने अनुमान समेत गरिएको छ । निसानकै टेरानोमा पनि पहिले रेनोको डस्टरमा प्रयोग भएको इन्जिन प्रयोग भएको थियो । यसमा १.५ लिटरको केनाईन डिजल इन्जिन तथा १.६ लिटर पेट्रोल इन्जिन हुन सक्ने जनाइएको छ । कम्पनीले यसको डिजाइनमा केहि परिवर्तन गरेको छ । यसमा ७ इन्च इन्फोटेन्मेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल तथा रिभर्स पार्किङ तथा अन्य प्रयोगको लागी ४ वटा क्यामेराको साथै अन्य एडभान्स फिचरहरु रहने छ ।

निसान किक्स एसयूभीको मुल्य भारतमा निसानकै टेरानो भन्दा केहि कम हुने अनुमान गरिएको छ । यसको कम्पिटीसन हाल बजारमा चर्चित कम्प्याक एसयूभीहरु हुन्डाइको क्रेटा, रेनोको डस्टर, मारुतीको ब्रेजा तथा टाटाको नेक्सन आदिसँग हुनेछ ।

नेपालमा किक्स कहिले र मुल्य कति ?

नेपालको लागी निसान मोटर्सको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पका अनुसार निसानको किक्स कम्प्याक एसयूभी २०१९ को सुरूवातसँगै नेपालमा उपलब्ध हुनेछ । यो गाडिको मुल्य भारतीय बजारमा निसान टेरानो भन्दा कम भएमा नेपालमा पनि कमनै हुने कम्पनीले बताएकाे छ । हाल निसान टेरानोको मुल्य नेपाली बजारमा ४२ लाख ९९ हजार देखि ५३ लाख ९९ हजार सम्म रहेको छ । यहि आधारमा किक्सको मुल्य टेरानो भन्दा कम हुने अनुमान गर्न सकिन्छ ।


Back_to_top