अडी एफोर नयाँ भर्सनमा आउँदै

काठमाडौं । लक्जरी कार निर्माता जर्मन कम्पनी अडीले आफ्नो एफोर कारको नयाँ भर्सन ल्याउने भएको छ ।यसमा कम्पनीले धेरै परिवर्तन गरेको जनाएको छ ।

काठमाडाैं । कम्पनीले यसलाइ पहिलेको भन्दा निकै आकर्षक बनाउन धरै मिहेनत गरेको छ । यसको इन्टेरीयरमा गरिएको परिवर्तन र नयाँ फिचरले यसलाइ अझै आकर्षक देखाएको छ ।

 

कम्पनीले अडी एफोर २०१९ भर्सनमा अगाडीको भागमा थोरै परिवर्तन गरेको छ । यसको फ्रन्ट बम्पर र फग ल्याम्पमा परिवर्तन देख्न सकिन्छ भने, फ्रन्ट ग्रिल र हेडलाइटमा भने परिवर्तन गरिएको छैन ।

 

अडी एफोर नयाँ भर्सनमा अलोइ ह्वील प्रयोग गरिएकोछ साथै, यो ह्वीललाइ स्पोर्टि लुक्स दिइएकोछ । यसमा कम्पनीले १६ इन्च र १९ इन्च ह्वीलको भेरीयन्ट उपलब्ध हुने अनुमान गरीएको छ । यस अघिको मोडलमा १७ इन्च ह्वील प्रयोग गरीएको थियो ।


कम्पनीले रियर लुक्समा पनि सामान्य परिवर्तन गरेको छ । यस अघि प्रयोग गरिएको बम्परलाइ परिवर्तन गरेको छ । कम्पनीले इन्जिनको बारेमा कुनै आधिकारीक जानकारी दिएको छैन । हाल उपलब्ध एफोर मा १.४ लिटर पेट्रोल इन्जिन रहेको छ, जसले १९० पिएस पावरमा २५० एनएम टर्क उत्पादन र्गछ ।


Back_to_top