साझाले थप्यो २४ वटा नयाँ बस, लामो तथा छोटो दुरीमा सेवा दिने

काठमाडौैं । साझा यातायातले थप २४ वटा बसहरु थपगर्ने भएको छ । यी बसहरु काठमाडौंको केहि नयाँ रुटमा र केहि पूरानै रुटमा प्रयोग गरिने जनाइएको छ ।

साझा सहकारीका कार्यकारी अधिकृत महेंद्र राज पाण्डेका अनुसार, साझाले आफ्नो सेवा विस्तार गर्नको लागि ४ वटा डिलक्स बस र २० वटा सिटी बसहरु खरिद गर्न लागेको हो ।

उनको अनुसार यसको खरिद संझौता केहि महिना अगाडी भएको र ४ वटा बसहरु केही दिनमै आइपुग्ने छ । यी ४ वटा डिलक्स बसहरु लामो रुटमा चलाउनको लागि मगाइएको साझाले जनाएको छ  । बाँकि सीटी बसहरु पनि चाँडैनै प्राप्त हुनेछ । काठमाडौं उपत्यका भित्र साझा बसहरुको सेवाको अत्याधिक माग रहेको छ ।

साझाले हाल लामो रुटमा काठमाडौं देखी बागलुङ दैनिक सेवा दिइरहेको छ भने, चाडैनै यी नयाँ बसहरु आएपछि अन्य रुटहरुमा पनि यसको सेवा थपिने जनाएको छ । पहिलो पटक विक्रम संवत २०१८ मा उपत्यका भित्र र उपत्यका बाहिरी लामो रुटमा सेवा सुरु गरेको साझा यातायातलाई एकदमै विश्वासीलो र भरपर्दौ यातायातको साधनको रुपमा मानिन्छ ।

बिगतमा १८३ वटा सम्म बसहरु रहेको साझा यातायातको सेवा काठमाडौं दिल्ली तथा काठमाडौं ल्हासा सम्म अन्तराष्टि्य बस सेवा संचालन भएको थियो  । विक्रम संवत २०५८ सालमा सरकारले विगठन गरेको साझा यातायात २०६९ सालबाट पून:स्थापना भर्इ २०७० को बैशाक १ गतेबाट पूनसंचालनमा आएको हो ।

अर्को हप्ता हस्तान्तरण हुने

साझा सहकारीलाई बसहरु बिक्रि गर्ने संझौता गरेको आईएमई माेटर्सले अशोक लेल्याण्डका ४ वटा आधुनिक डिलक्स बसहरु केहि दिनमै हस्तान्तरण गरिने जानकारी दिएको छ । कम्पनीका अनुसार ती बसहरु बिरगंज भन्सारबाट छुटिसकेका छन्, काठमाडौं आईपूगेपछि उक्त बस हस्तान्तरण गर्नु पूर्वको नियमित परिक्षण गरेर अर्को हप्तामा साझालाई हस्तान्तरण गरिने बताएको छ । साथै अन्य २० वटा सीटी बसहरु पनि सझौताको समय २ महिना बाँकि भएतापनि डेढ महिना भित्रै हस्तान्तरण भई सक्ने जनाएको छ ।


Back_to_top