किक्सको टप भेरियन्ट नाडा अटो शोमा आउने, यस्ताे छ मूल्य

काठमाडौं । निसानले नाडा अटो शो २०१९ मा आफ्नो चर्चित एसयूभी किक्सको टप भेरियन्ट सार्वजनिक गर्ने भएको छ । 

पायोनियर मोटो कर्पले नेपालमा बिक्री वितरण गर्दै आएको निसानका उत्पादन नेपाली बजारमा विगत ३५ देखि बिक्री वितरण हुँदै आएका छन् । 

निशानले २०१९ को सुरुवातमा नै बजारमा उतारेको किक्स नेपाली बजारमा राम्रो संख्यामा बिक्री वितरण भइसकेको छ । 

‘विगतमा जस्तै नाडा अटो शोमा हामी विशेष तरिकाले नयाँ उत्पादन देखाउने छौँ, त्यसको लागि यसपटकको नाडामा किक्स नै हाम्रो नयाँ मोडल हो’, कम्पनीका जनरल मेनेजर ज्ञानेन्द्र चन्दले मेरोअटोसँग भने ।

किक्स नेपाली ग्रहकले अत्यन्त मनपराई दिनु भएको छ । यसले हामीलाई किक्सको टप भेरियन्ट नेपाल ल्याउन प्रेरित गर्यो । त्यसैले किक्स हेरिसक्नु भएकाहरुलाई पनि टप भेरियन्टले लोभ्याउने चन्दको भनाई छ ।

यस्तो छ किक्सको टप भेरियन्ट

किक्सको टप भेरियन्ट एक्सभी प्रिमियम प्लसमा १.५ लिटर के९के डीसीआई डिजेल इन्जिन दिइएको छ । १४६१ सीसी क्षमताको उक्त इन्जिनले ३८५० आरपीएममा १०८ बीएचपी पावर र १७५० आरपीएममा २४० एनएम टर्क प्रदान गर्छ ।

सुरक्षाको लागि विशेष प्राथमिकता दिइएको उक्त एसयूभीमा चालक र सबै यात्रुको सुरक्षाको लागि एयरव्याग, एबीएस, इबीडी, ब्रेक एसिस्ट, हिल एसिस्ट, इन्जिन इमोबिलाइजर, चाइल्ड लक, पावर विन्डो, अटोमेटिक हेड ल्याम्प, ३६० डिग्रि क्यामेरा जस्ता फिचर रहेका छन् । 

गाडीमा सहज र आरामदायीताको लागि क्रुज कन्ट्रोल, १२ भोल्ट पावर आउटलेट, रियर पार्किङ क्यामेरा, पुसबटम स्टार्ट, हाइट एड्जस्टेवल ड्राइभर सिट, फ्रन्ट आर्मरेष्ट, कि–लेस इन्ट्रि, क्लाइमेट कन्ट्रोलजस्ता विशेषता यसमा पाउन सकिन्छ । 

निसान किक्स टप भेरियन्टको मूल्य ६५ लाख रहने अनुमान गरिएको छ । 


Back_to_top