निशानको लिफ संसारको सबैभन्दा बढी बिक्ने इलेक्ट्रीक कार बनेको छ । २०१० मा सार्बजनिक भएको उक्त मोडल २०१८ सम्म आईपुग्दा ४ लाख युनिट बिक्री भएको हो ।
कम्पनीले २०१४ सम्ममा एक लाख युनिट लिफ बिक्री गरेका थियो । त्यसयता ३ लाख कार बिक्री गरेको जानकारी कम्पनीले दिएको छ । एकपटकको फुल चार्जमा ४ सय किलोमिटरसम्म रेन्ज प्रदान गर्छ ।
कम्पनीको बिक्री आँकडालाई केलाएर हेर्ने हो भने अहिलेसम्म बिक्री भएको निशान लिफले मात्रै वार्षिक ७० करोड लिटर इन्धन बचत गरेको छ ।
निशानले आफ्नो चर्चित इलेक्ट्रीक कार लिफको उत्पादन जापान र बेलायतमा गर्दै आएको छ । संसारका ५० भन्दा बढी देशमा बिक्री वितरण भइरहेको यो कार सन् २०१९ को अन्त्य वा २०२० को सुरुवातमा नेपाली बजारमा पनि आउने संभावना रहेको छ ।
गतवर्ष निशान लिफ यूरोपको बेस्ट सेलिङ्ग इलेक्ट्रीक कार बनेको थियो । कम्पनीले लिफको दोस्रो जेनेरेशन २०१७ मा बजारमा उतारेसँगै यसको बिक्रीमा व्यापक वृद्धि भएको छ ।
सिग्नेचर ग्रिल स्विप्ट ब्याक एलइडी हेडल्याम्प, नयाँ बम्पर र एलइडी ल्याम्प रहेको लिफमा डबल टोन कलर अप्शन दिइएको छ । यो इलेक्ट्रीक कार निक्कै स्पोटी देखिन्छ ।
नयाँ इन्स्ट्रुमेन्ट क्लस्टर रहेको यो कार फुल्ली डिजिटल रहेको छ । यसमा ७ इन्च टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ भने, एन्ड्रोइड अटो र एप्पल कार प्ले सपोर्ट गर्ने छ ।
कारमा प्रो पाइलट अटोनोमस ड्राइभिङ्ग टेक्नोलोजीको प्रयोग गरिएको छ । यसले अटोमेटिक स्टेयरिङ्ग र ब्रेकलाई कन्ट्रोल गर्ने गर्छ । यसमा ई–प्याडल टेक्नालोजीको प्रयोग गरिएको छ । ४० किलोवाटको ब्याट्री प्याक दिइएको उक्त मोटरले १५० पीएस पावरका साथै ३२० एनएम टर्क उत्पादन गर्छ ।


