काठमाडौं । जापनी अटोमोबाइल कम्पनी निसान मोटर्सले भारतमा मात्रै १ लाख यूनिट म्याग्नाइट बिक्री गरेको छ ।
सन् २०२० को डिसेम्बरदेखि बिक्री सुरू भएको म्याग्नाइट सन् २०२३ सम्ममा १ लाख ६ हजार १६६ यूनिट बिक्री पूरा भएको हो ।
भारतीय बजारमा निसानको एकमात्र मोडल म्याग्नाइट लन्च भएको तेस्रो वर्षमा पनि वार्षिक ३० हजार यूनिट बिक्री भइरहेको छ ।
निसान सब फोर मिटर सेग्मेन्टमा बिक्री भइरहेको कम्प्याक्ट एसयूभी हो । यो कार सेफ्टी, फिचर्स, टेक्नलोजी, प्रफर्मेन्स र प्राइसको उत्कृष्ट संयोजन हो । निसानले यो कारलाई बिग बोल्ड र ब्यूटीफुलको रूपमा प्रमोट गरिरहेको छ ।
सन् २०२० को डिसेम्बरदेखि बिक्री सुरू भएको यो एसयूभी अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात भइरहेको छ । विगत ३ वर्षमा २९ हजार १३७ वटा म्याग्नाइट अन्तर्राष्ट्रिय बजारमा बिक्री भएको हो ।

यसको घरेलु र अन्तर्राष्ट्रिय बजारमा गरी १ लाख ३५ हजार ३०३ यूनिट बिक्री भएको हो ।


