काठमाडौं । निसान मोटर्सले आफ्नो गाडी बलियो रहेको पुस्टी गर्न नयाँ मार्केटिङ क्याम्पियन लन्च गरेको छ । कम्पनीले चालक सहितको गाडीलाई २१३ फिट माथिबाट खसालेको हो ।
निसान एक्सट्रयालभन्दा केहि सानो साइजको मिडसाइज एसयूभी ‘कश्काई’ मोडलमा चालक राखेर खसालिएको थियो । चालक सिटमा थिए स्टन्ट म्यान लोरेन्ट लास्को नामका ब्यक्ति ।

निसानको नयाँ कश्काईलाई फ्रान्सको पिउडो सहरको बीचमा क्रेनमा राखेर ६५ मिटर अग्लो स्थानमा लगेर बन्जी जम्प गराएको थियो । यो जम्पसँगै निसान कश्काईले ‘हाइएस्ट कार बन्जी जम्प’मा गिनिस बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएको हो । यो रेकर्डसँगै निसाले आफ्नो गाडी मजबुद रहेको थप पुष्टी गरेको छ ।
निसानले ई-पावर कश्काईलाई बन्जी जम्प गराएर टीभी कमर्शियल समेत बनाएको छ । यो टीभी कमर्शियल यसै महिनाको अन्त्यबाट चालु गरिने कम्पनीले जनाएको छ ।
यसअघि पनि सन् १९९२ मा जीएमसी ट्रकलाई वेस्ट भर्जिनीयामा रोभर गर्ज ब्रिजबाट ८६५ फिटमाथिबाट बन्जी जम्प गराएको थियो । तर यो जम्पमा गाडीमा चालक भने थिएनन् ।


