टायर पन्चर भएर हैरान हुनुहुन्छ, बन्यो हावा नचाहिने टायर

काठमाडौं  । यात्राका क्रममा सावरीसाधनमा प्रयोग हुने टायर पन्चर हुँदा धेरैले समस्या झेल्दै आएका छन् । ट्युव वा ट्युबबिनाको टायरमा राखिएको रासायनिक तरल पदार्थ चुहिएर यात्राकै क्रममा समस्यामा झेल्नु परेको नयाँ विषय होइन । 

यसबाट धेरैले कुनै न कुनै समयमा हैरानी बेहोरेकै हुन्छन् । यसका साथै तिव्र गतिमा चलेको सवारीसाधनको टायर अचानक पड्कँदा दुर्घटना समेत हुने गरेको छ । तर, अब यस्तो समस्या झेल्नु नपर्ने भएको छ । 

मिचेलिन र जनरल मोटर्सले अब हावा नै हाल्नु नपर्ने टायरको विकास गरेका छन् । दुई कम्पनीले संयुक्त रुपमा बनाएका टायर प्रदर्शनीमा ल्याएको छ । अत्याधुनिक प्रविधिमा बनाइएको हावा रहित टायरले हुने वातावरणीय प्रदूषण समेत कम गर्ने अनुमान गरिएको छ । 

अर्को विशेष कुरा चलकलाई हावा गएर वा लिक्विड गएर टायरमा हुने समस्या भने नयाँ टायरको विकासले दूर गरिदिएको छ । युनिक पन्चर प्रुफ सिस्टम असिस्ट नाम दिइएको नयाँ प्रविधि अहिले प्रारम्भिक चरणमा नै रहेको कम्पनीले जनाएको छ । 

नयाँ प्रविधिका यो टायर २०२४ सम्ममा ग्राहकले खरिद गर्न पाउने गरि काम भइरहेको विकासकर्ताहरुको भनाई छ । जेनरल मोटर्सका वरिष्ठ खरिद तथा आपूर्ति डिपार्टमेन्टका उपाध्यक्ष स्टिम किएफरले अप्टिसको वर्तमानबाट जनरल मोटर्स उत्साहित भएको र नयाँ इतिहास ल्याउन मिचेलिनसँगको सहकार्य गर्न तम्तयार रहेको बताए । 

परम्परागत रबर टायरभन्दा भिन्न अप्टिस हावारहित टायर पड्कने र हावा खुस्कने समस्या आउँदैन । यसले टायरकै कारण यात्रुमा आइपर्नसक्ने जोखिम घटाउनुका साथै टायरमा केही समस्या आयो की भनेर नियमित जाँचको समेत आवश्यकता पर्ने छैन ।  

यो टायरले कसरी काम गर्दछ र केबाट यो बनाइन्छ भन्ने विस्तृत विवरण कम्पनीले सार्वजनिक गरेको छैन । 


Back_to_top