काठमाडौं । सरकारले तेस्रो पक्ष बीमा (थर्ड पार्टी इन्स्योरेन्स)को सीमा दोब्बरले बढाएर १० लाख रुपैयाँ पुर्याएको छ ।
शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।
हाल सवारीधनीले ५ लाख रुपैयाँसम्मको थर्ड पार्टी बीमा गर्नुपर्ने व्यवस्था थियो ।


