काठमाडौं । सरकारले विद्युतीय सवारी साधन आयातमा अब मूल्यका आधारमा भन्सार महशुल लगाउने भएको छ ।
शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।
हाल ईभीको मोटर क्षमता किलोवाटका आधार ५ वटा स्ल्याबमा भन्सार महशुल लगाउँदै आइएको थियो ।
‘विद्युतीय सवारी साधनमा पीक पावर क्षमताको आधारमा लाग्दै आएको भन्सार महसुललाई मूल्यगत आधारमा लगाउने व्यवस्था गरेको छु,’ उनले भने, ‘यस्ता सवारी साधनको स्वदेशमा उत्पादन चार्जिङ स्टेसन निर्माण र ब्याट्री व्यवस्थापनका लागि पैठारी विन्दुमा स्वच्छ पूर्वाधार लगानी शुल्क लगाएको छु ।’


