बजेटमा भन्सार प्रक्रिया सुधारका लागि गरिएका ५ व्यवस्था

काठमाडौं । सरकारले बजेट मार्फत व्यापार सहजीकरण र भन्सार प्रक्रिया सुधार गर्ने घोषणा गरेको छ ।

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।

भन्सार प्रक्रिया सुधारका लागि ५ वटा काम गर्ने बताएको छ । जुन यसप्रकार छन् ।

१. असल व्यवसायीको सम्मान एवम् व्यापार सहजीकरणको लागि अथोराईज्ड बिजनेस पर्सनको पहिचान सहित भन्सारमा ब्लू लेन मार्फत जाँचपास गर्ने व्यवस्था मिलाउनेछौं।

२. कारोवार मूल्यमा आधारित अनलाईन भन्सार जाँचपास प्रणालीलाई थप सुदृढ, पारदर्शी र यथार्थपरक बनाउनेछौं। भन्सार जाँचपास पछिको परीक्षण कार्यालयको पुनर्संरचना गर्नेछौँ।

३. स्थलमार्गबाट नेपाल प्रवेश गर्ने पर्यटकको सहजीकरणका लागि सबै मुल भन्सार कार्यालयमा सवारी साधनको अस्थायी पैठारी घोषणा गर्ने र शुल्कको भुक्तानी अनलाइनबाट हुने व्यवस्था मिलाएको छु ।

४. वैवाहिक पर्यटनलाई प्रोत्साहन गर्न विवाह प्रयोजनका लागि ल्याउने सामान घोषणा, धरौटी लिने र विवाह सकेर फर्कदा धरौटी फिर्ता दिने व्यवस्थालाई स्वचालित बनाउनेछौं।

५. पर्यटकलाई कानुन बमोजिम तोकिएको सीमाभित्र परिवत्र्य विदेशी मुद्रा ल्याउन पाउने सरल व्यवस्था गर्नेछौँ।


Back_to_top