काठमाडौं । टीभीएसको पछिल्लो उत्पादन एनटर्क रेस एडिसन भोलि डिसेम्बर २५ मा नेपाली बजारमा सार्वजनिक हुने भएको छ । टीएसको आधिकारीक वितरक जगदम्बा मोटर्सले नेपाली बजारमा एनटर्क रेस एडिसन सार्वजनिक गर्ने भएको हो ।
क्रिसमस र नयाँ बर्ष २०२० लाई लक्षीत गरेर नेपाली बजारमा ल्याइएको एनटर्क रेस एडिसनको मूल्य २ लाख ४६ हजार ९०० रुपैयाँ तोकिएको कम्पनीले जानकारी दिएको छ । एनटर्क १२५ नेपाली बजारमा निकै सफल भए पश्चात् रेस एडिसन ल्याउन लागिएको हो । एनटर्क रेस एडिसन कम्पनीले पहिलो पटक गोवामा सम्पन्न मोटो शोल २०१९ मा प्रदर्शन गरिएको थियो ।
एनटर्क १२५ रेस एडिसनमा नयाँ एलइडी सेटअप दिइएको छ । नयाँ डिजाइनको एलइडी हेडल्याम्पले रातीको समयमा यात्रा गर्न राम्रो प्रकाश दिने छ ।
एनटर्कको रेगुलर मोडलमा रहेको टी सेप टेलल्याम्पलाई नयाँ मोडलमा समेत निरन्तरता दिइएको छ । आर्कषक डिजाइनमा दिइएको डे–टाइम रनिङ एलइडी हेडल्याम्पले यो स्कुटरलाई अझै स्पोर्टी बनाएको छ ।
कम्पनीले एनटर्क १२५ मा कुनै मेकानिकल परिर्वतन भने गरेको छैन । एनटर्क १२५ मा १२४.७ सीसी सिगंल सिलिन्डर, एयर कूल्ड इन्जिन रहेको छ । यसले ९.५ पीएस तथा १०.५ एनएम टर्क जेनेरेट गर्छ ।
यसमा स्मार्ट एक्सकनेक्ट द्धारा ब्लुटुथ कनेन्ट गरी कल डिटेल, जीपीएस, हाजार्ड लाइट जस्ता फिचरको प्रयोग गर्न सकिन्छ ।


