जीपले पेट्रोल इन्जिनसहितको पावरफुल प्लगइन हाइब्रिड भर्सनमा आफ्नो चर्चित एसयूभी रेनेगेडलाई उतारेको छ । कम्पनीले यसको बिक्री भने २०२० जुनबाट अन्तर्राष्ट्रिय बजारमा गर्ने जनाएको छ ।
कम्पनीले ल्याएको प्लगइन हाइब्रिड रेनेगेडले १३६ एचपी पावर प्रदान गर्छ भने यसलाई अल ह्वील ड्राइभ अप्सनमा कम्पनीले ल्याएको छ ।
यसमा दिइएको व्याट्रीले ५० किलोमिटरसम्म यात्रा गर्न सकिने छ भने यसको टप स्पीड १३० किलोमिटर प्रतिघन्टा रहने छ । यसमा कम्पनीले फ्यूल ट्याङ्कीको क्षेमता भने घटाएको छ ।
यसमा उपलब्ध ४ सिलिण्डर टर्बो पेट्रोल इन्जिनले १८० हर्स पावर प्रदान गर्छ । ६ स्पीड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध यो हाइब्रिड एसयूभीमा दिइएको बेल्ट एक्टीभेटेड जेनेरेटरले गाडी ब्रेकिङगर्दा व्याट्री चार्ज गर्नेछ ।
यो एसयूभी प्योर इलेक्ट्रीक मोडमा चलाउँदा रियर ह्वील ड्राइभ हुन्छ भने पेट्रोलबाट चलाउँदा फ्रन्ट ह्वील ड्राइभ हुनेछ । यी दुबैलाई मिलाएर अल ह्वील ड्राइभ मोडमा गाडी चलाउँदा यसको कम्बाइन्ड सिस्टमले २४० हर्स पावर प्रदान गर्छ ।
यसले ० देखि १०० किलोमिटरको रफ्तार भेट्टाउन ७ सेकेन्डको समय लगाउने छ । यसलाई आवस्यकता अनुसार कुनै मोडमा चलाउन सकिने छ । व्याट्रीको तौलका कारण रेगुलर मोडलको तुलनमा प्लगइन हाइब्रिडको तौल १२० केजीले बढी रहेको छ ।
जीपले बनाएको पहिलो हाइब्रिड रेनेगेडले २५९ एनएम टर्क प्रदान गर्ने जनाइएको छ । यसलाई जस्तोसुकै अफ रोडमा पनि चलाउन सकिने बताइएको छ ।


