काठमाडौं । सवारी साधनको नम्बर प्लेट सम्वन्धी नयाँ नियम कार्यान्वयन गर्न गराउन यातायात ब्यवस्था विभागले सूचना जारी गरेको छ । यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै सवारी साधनमा प्रदेशको संकेत सहित अगाडिको नम्बर प्लेटमा तल र माथि गरि दुई लाइन र पछाडि तिन लाइन हुनेगरि लगाउन निर्देशन दिएको छ ।
सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को नियम ४ बमोजिम दर्ता भएका सवारीको धनीलाई यातायात व्यवस्था कार्यालयले अनुसूची ६ मा उल्लेख भए बमोजिम सवारीको अगाडि तल र माथीगरि दुई र पछाडि तिन लाइनमा स्पष्ट देखिने गरि नम्बर प्लेट राख्न सबै सवारी धनीहरुका लागी सूचना जारी गरेको छ ।
सो बमोजिम नम्वर प्लेट नराखेको पाइएमा कारवाही गर्ने समेत ट्राफिक प्रहरीलाई जानकारी गराइएको विभागले जनाएको छ ।

