यी हुन् महिन्द्राको नयाँ स्कर्पियोमा हुने ५ फरक

महिन्द्राले आफ्नो चर्चित एसयूभी स्कर्पियोको नयाँ संस्करण सार्वजनिक गर्ने तयारीलाई तिव्र बनाएको छ । जेड–१०१ कोड नेममा निर्माण भइरहेको स्कर्पियोको हाल बिभिन्न चरणको परिक्षण भइरहेको छ । 

नेपाली सडकमा सर्वाधिक रुचाइएको स्कर्पियो २०२० मोडल थप विशेषता सहित आउने भएको हो । अब आउने नयाँ स्कर्पियो एसयूभीको तेस्रो जेनेरेशन मोडल हो । थुप्रै परिमार्जन सहित आउने स्कर्पियोबारे बुझ्नै पर्ने पाँच तथ्य यस्ता छन् ।  

कम्फर्ट र नयाँ फिचर

पुरानो मोडलको भन्दा फरक र पृथक डिजाइन तथा प्लाटफर्ममा निर्माण भएको स्कर्पियोको क्याबिन रेगुलर मोडलको तुलनामा ठूलो रहेको छ । कम्पनीले रेगुलर मोडलभन्दा यसलाई फराकिलो र एक्सटेरियर तथा इन्टेरियरमा गुणस्तरिय मेटेरियलको प्रयोग गरिएको छ । 

एक्सयुभी ३०० जस्तै डबल टोन कलर, अटोमेटिक क्लाइमेट कन्ट्रोल तथा इलेक्ट्रीक सनरुफको विशेषता यसमा रहने छ । क्याबिनको तेस्रो लाइनमा फ्रन्ट फेसिङ सिट लगाइएको छ । जुन पुरानो मोडलमा नभएको नयाँ थप विशेषता हो ।

नयाँ लुक्स

यसको ओभरअल डिजाइन निक्कै बोल्ड र मस्कुलर रहेको छ । मोडर्न डिजाइनमा सजिएको स्कर्पियोको फ्रन्ट साइड कम्पनीकै प्रिमियम एसयूभी अल्टुरसको जस्तै रहेको छ । 

यसमा स्वेफ्टब्याक हेडल्याम्प र फ्रन्ट बम्पर लगाइएको छ । आकर्षक लुक्स प्रदान गर्नेगरि क्रोम इलिमेन्ट दिइएको छ भने, लामो ढोका र कारको जस्तै विन्डस्क्रिन लगाइएको छ ।

नयाँ इन्जिन

यसको नयाँ इन्जिनले पुरानो मोडलको तुलनामा आकर्षक आउटपुट दिने कम्पनीको दाबी छ । यसमा उपलब्ध हुने २.० लिटर डिजेल इन्जिनले १६० हर्ष पावरका साथै ४०० एनएम टर्क उत्पादनको क्षमता राख्दछ ।

वर्ल्ड क्लास प्रोडक्ट

नयाँ स्कर्पियोको अवधारणा र डिजाइन अमेरिका स्थित महिन्द्राको टेक्निकल सेन्टरमा तयार पारिएको हो । साथै, भारतको चेन्नाइ स्थित रिसर्च सेन्टरमा यसको इन्जिनियरिङ र डेभलपमेन्ट लगायतका काम गरिएको थियो । यस अर्थमा यो मोडल वर्ल्ड क्लास प्रोडक्ट हुने अनुमान गरिएको छ ।

सार्वजनिक हुने मिति 

कम्पनीले नयाँ स्कर्पियो आगामी फेब्रुअरीमा आयोजना हुने अटो एक्स्पो २०२० मा सार्वजनिक गर्ने छ । भारतमा सार्वजनिक भए लगत्तै यो मोडल नेपाल आउने संभावना रहेको छ । 

नेपालमा रेगुलर मोडलले निक्कै राम्रो बजार पाइरहेको अवस्थामा नयाँ स्कर्पियो नेपाल आउनसक्ने अनुमान लगाइएको हो । हाल यसको रेगुलर मोडल र पिकअप सहित विभिन्न १० भेरियन्टमा बिक्री भइरहेको छ ।


Back_to_top