टेस्ला मोटर्स र इलन मस्क विश्व अटोमोवाइल क्षेत्रमा चर्चित नाम बनिसकेको छ । यसको मूख्य कारण इलेक्ट्रीक सवारीसाधन निर्माण र त्यसमा कुनै रकम खर्च नगरिकन पाउने माइलेजलाइ मान्ने गरिएकाे छ ।
टेस्लाले नयाँ ब्याट्री, नयाँ कार र टेक्नोलोजिमा जुन किसिमको लगानी गरिरहेको छ, त्यसले कम्पनीलाई विश्वको चर्चित कम्पनी बनाउन सफल भएको हो ।
यस्तोमा कम्पनीले लस एन्जलस मोटर शोमा पिकअप ट्रक सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको पिकअप ट्रकले एकपटकको फुल चार्जमा ४००, ४८० र ८०० किलोमिटर रेञ्ज प्रदान गर्ने जनाइएको छ ।
सिंगल चार्जमा ४०० किलोमिटर गुड्ने पिकअपमा सिंगल मोटर दिइएको छ भने अर्काेमा २ र ८०० किमि रेञ्जमा तीनवटा मोटरको प्रयोग गरिएको छ । सिंगल मोटर भएको पिकअपले ३ हजार केजी तौल बोक्न सक्ने दाबी कम्पनीले गरेको छ भने यसले ० देखि ६० किलोमिटरको रफ्तार केवल ६.५ सेकेन्डमा भेट्टाउने जनाइएको छ ।
४८० किलोमिटर रेञ्ज भएको पिकअपको भार बोक्न सक्ने क्षमता समेत बढी रहेको छ । यसले ४ हजार केजी बोक्न सक्छ भने ० देखि ६० किलोमिटरको रफ्तार ४.५ सेकेन्डमा भेट्टाउन सक्छ । यसमा डबल मोटरको प्रयोग गरिएको छ ।
तीन मोटर युक्त यस पिकअपले ६५ सय किलोग्राम बोक्ने क्षमता रहेको छ । यसले २.९ सेकेन्डमा ० देखि ६० किलोमिटर प्रतिघण्टाको रफ्तार पाउन सक्छ ।
सामानको अलावा यसमा ६ जना यात्रुले आरामसँग यात्रा गर्न सक्ने छन् । यसको इन्टेरियर पनि निकै आकर्षक बनाइएको छ ।

