बेल्ट एण्ड रोड सम्बन्धि सम्मेलन हुँदै

काठमाडौं । आगामी फेब्रुअरी २५, २६ र २७ तारिखमा ललितपुरस्थित होटल हिमालयमा  बेल्ट रोड एण्ड विषयक सम्मेलन हुने भएको छ ।

अन्तराष्ट्रिय सम्मेलन बेल्ट एण्ड रोड इन्टरनेशनल एलायन्स नामक अन्तराष्ट्रिय संगठनले सो सम्मेलन गर्ने भएको हो । उक्त सम्मेलनको मूल विषयहरु इन्फास्टक्चर डेभलपमेन्ट, टुरिजम, ट्रान्सर्पोट, नेपाल विथ बिआरआइ जस्ता रहेका छन् ।

नेपालमा मात्र नभई संसारभरि सकारात्मक प्रभाव पार्ने मित्रराष्ट्र चीनले प्रस्ताव गरेको बेल्ट एण्ड रोडसम्बन्धी विभिन्न अभियानहरु विश्वब्यापी रुपमै संचालन भइरहेका छन् । सोहि सन्दर्भमा यसै वर्ष चीनको राजधानी बेइजिङ्गमा विश्वका ३३ वटा देश र संस्थाहरु सहभागी भई बेल्ट एण्ड रोड इन्टरनेशनल एलायन्स नामक अन्तराष्ट्रिय संगठनको समेत निर्माण भएको छ ।

नेपालबाट नासा फाउन्डेसन सो संगठनको बोर्ड मेम्बरको रुपमा रहेको छ भने चाइना हाइवे ट्रान्सर्पोटेशन सोसाइटी ले सचिवालयको कार्य गरिरहेको छ ।

उक्त संगठनले मुलत बेल्ट एण्ड रोडसम्बन्धी नीतिगत कार्यमा सहयोग, प्राविधिक सिप तथा ज्ञान हस्तान्तरण, जनस्तरबाट द्यभति बलम च्यबम मा सहभागिता, बेल्ट एण्ड रोडका विभिन्न पक्षहरुमा सुझाव तथा लबिङ्ग, सभा, समारोह, तालिम तथा अध्ययन—अनुसन्धान लगायतका कार्यहरु गर्छ । 

सडक सहितका पूर्वाधार, एसियन हाइवे, स्टार रेटिंङ्ग रोड्स, ड्राइभ टुरिजम र टुडे ट्रान्सपोर्ट व्यवस्थापन र सुरक्षा जस्ता मूल विषयमा लगभग दुई दर्जन वक्ताहरुले कार्यपत्र प्रस्तुत गर्ने छन् । कन्फ्रेन्समा इञ्जिनियर व्यवसायी, स्थानीय सरकारका प्रतिनिधि, केन्द्र तथा प्रदेश सरकारका प्राविधिक र पदाधिकारी, विभिन्न संघसंथाका प्रतिनिधि तथा कलेजहरुबाट सहभागिता रहने छ ।

१३० जनाको सहभागिता रहने सो कन्फ्रेन्समा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल इन्जिनियर एसोसिएसन जस्ता प्रतिष्ठित संगठनहरुको सहयोग र प्रस्तुति समेत रहने छ ।


Back_to_top