फ्रेन्च अटोमोबाइल्स कम्पनी रेनोले डस्टरको प्ल्याटर्फममा निर्माण गरेको दोस्रो जेनेरेशन पिकअपलाई अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले रेनो डस्टरमा आधारित पिकअप २०१९ को अन्त्यसम्ममा बजारमा ल्याउने भएको हो ।
रेनोको सहायक कम्पनीले डाइकाले उक्त मोडल निर्माण गरेको हो । कम्पनीले यसअघि सन् २०१४ मा डस्टरको पिकअप ५०० युनिट मात्र उत्पादन गरेको थियो । त्यसपछि कम्पनीले दोस्रो जेनेरेशन डस्टर पिकअपको निर्माण २०१८ बाट सुरु गरेको हो ।
कम्पनीकाे नयाँ पिकअप सिङ्गल क्याव युक्त हुने जनाइएको छ । जसले युरोपियन मापदन्ड अनुरुपको भार बोक्न सक्ने जनाईएको छ । यसमा १.५ लिटर डीसीआई टर्बाेचार्ज्ड डिजेल र १.३ लिटर टीसीई टर्बाेचार्ज्ड पेट्रोल इन्जिनको प्रयोग गरिएको छ ।
फोर–ह्वील ड्राइभ सिस्टममा निर्माण भएको यो मोडलमा सिक्स–स्पीड ट्रान्समिसनकासाथै लाइट, पावरफूल, र युरो–६ मापदन्डअनुसार निर्माण हुनेछ ।

