काठमाडौं । भारतीय इलेक्ट्रीक मोविलिटी कम्पनी ओलाले भारतमै पहिलो पटक लिथियम आयोन ब्याट्री उत्पादन थाल्ने भएको छ । कम्पनीले भारतमा नै खोज र अनुषन्धान गरेर लिथियम आयोन ब्याट्री उत्पादन गर्न लागेको जनाएको छ ।
ओलाले चाँडै आफुले उत्पादन गर्दै आएको स्कुटरहरुमा ओला ब्याट्रीको प्रयोग गर्ने जनाएको छ । कम्पनीका सीईओ भाविष अग्रवालले नयाँ ओला ब्राण्डको लिथियम आयोन ब्याट्रीको तस्विर सार्वजनिक गर्दै लेखेका छन्, ‘पहिलो घरको उत्पादन’ ।

सन् २०२३ बाट सवारीसाधनमा यसको प्रयोग सुरु हुनेछ । ओलाले भारतमा बनाउने ब्याट्री निकेल, म्याग्नीज र कोवाल्ट (एनएमसी) मा आधारित हुनेछ । ओलाले यसअघि कोरियन कम्पनी एलजी केमले उत्पादन गरेको लिथियम आयोन ब्याट्री प्रयोग गर्दै आएको थियो । भारतमै ब्याट्री उत्पादन सुरु भएपछि ब्याट्रीको मूल्य ३० प्रतिशत कम हुने ओलाले अनुमान गरेको छ ।


