काठमाडौं । यही माघ २३ गतेदेखि २६ गतेसम्म ओमोडा एण्ड जेको गाडीको एक्सचेन्ज क्याम्प आयोजना हुने भएको छ ।
नेपालका लागि ओमोडा एण्ड जेकोको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइलले उक्त एक्सचेन्ज क्याम आयोजना गर्न लागेको हो ।
कम्पनीका अनुसार यस क्याम्पमा ग्राहकले आफूसँग भएको जुनसुकै ब्राण्डको गाडी साटेर ओमोडा जेकोको नयाँ ईभी लैजान सक्नेछन् । साथै, विशेष छुटमा नयाँ गाडी खरिद गर्न सक्नेछन् ।
क्याम्पमा गाडी साट्ने वा नयाँ बुकिङ गर्ने ग्राहक मध्येबाट भाग्यशाली एकजनाले चीन घुम्ने अवसर पाउने कम्पनीले जनाएको छ ।
साथै, ग्राहकले हरेक बुकिङमा साओमी फोन, आकर्षक नगद बोनस, १ वर्षको निःशुलक अटोप्लस इन्स्योरेन्स र ७ किलोवाटको वाल चार्जर निःशुलक पाउने छन् ।
यो अफर देशभरका ओमोडा जेकोको शोरुमहरूमा लागू हुने कम्पनीले जनाएको छ ।
नेपालमा ओमोडाको ई फाइभ, जेको जे फाइभ र जे सिक्स ईभी उपलब्ध छन् ।

