ओमोडाले टी-२० विश्वकपमा घोषणा गरेको वृक्षारोपण सम्पन्न

काठमाडौं । ओमोडाको लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले टी-२० विश्वकप क्रिकेट २०२४ को अवसरमा ल्याएको ‘नेपाल स्कोर्स, ओमोडा ग्रोज’ नामक सामाजिक तथा वातावरणीय उत्तरदायित्व अन्तर्गत ३ हजार रूख-विरूवा वृक्षारोपण गरेको छ । कम्पनीले दक्षिणकाली नगरपालिकाको डोल्लु समुदाय (डोल्लु सामुदायिक वन)सँगको सहकार्यमा वृक्षारोपण गरेको हो ।

कम्पनीले देशभरका विद्युतीय गाडी ओमोडाका चालक, पारखी तथा ग्राहकहरूको सहभागीतामा साउन ५ गते वृक्षारोपण सम्पन्न भएको हो । वृक्षारोपण कार्यक्रममा दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेत तथा स्थानीय वासिन्दाको पनि सहभागिता थियो ।

आधुनिक प्रविधि तथा पर्यावरणमैत्री परियोजनाहरू मार्फत वातावरण संरक्षण तथा प्रवर्द्धन गर्ने ओमोडाको दिगो लक्ष्यमा आधारित यो पहलद्वारा विद्युतीय सवारीको प्रवद्र्धनसँगै डोल्लु सामुदायिक वनका लागि उचित रूख–विरूवा पनि रोपिएको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

एसपीजी अटोमोबाइल्सले वृक्षारोपण कार्यक्रम अन्तर्गत १ हजार ५०० रूख-विरूवा दक्षिणकालीमा र इलाममा ‘रेड पान्डा नेटवर्क’सँगको सहकार्यमा रेड पान्डाको आरक्षणका लागि थप १ हजार ५०० विरूवा रोपेको हो ।


Back_to_top